नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपाले प्रधानन्यायधिसलाई तर्साएर न्यायलयमाथी कब्जा जमाउन खोजेको आरोप लगाएका छन् । नियुक्तीका लागी सिफारिस भएकै दिन नेकपाका सांसदहरुले उनी माथी महाअभियोग लाग्न सक्छ भनेर प्रधानन्यायधिसलाई मनोबैज्ञानिक त्रासमा राख्न खोजेको बताएका छन् । प्रधानमन्त्री केपी ओली सत्ता र शक्तीको भोको भएको समेत उनले आरोप लगाए ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं-२को सम्मेलनलाई लम्कीमा संबोधन गर्दै डा कोइरालाले गएका निर्वाचनहरुमा योगदानको मुल्यांकनका आधारमा टिकट बितरण गर्न नसकेकोमा आफुलाई क्षमा गर्न पनि आग्रह गरेका छन् । पार्टी गिरोहबाट संचालन भैरहेको जानकारी गराउँदै उनले भने मुल्यांकनको कुनै मापदण्ड छैन । १४ औं महाधिवेशनपछी कुनै कार्यकर्ताले अन्याय भोग्न नपर्ने उनले बताएका छन् ।
गिरोहमुक्त पार्टी बनाएर उत्कृष्ट दल बनाउन आफुले कुनै कसर बाॅकी नराख्ने प्रतिबद्धता जनाउँदै डा कोईरालाले त्यसका लागी आफुलाई सात नम्बर प्रदेशका कार्यकर्ताको साथ र समर्थनको खाॅचो रहेको जानकारी गराए । कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले अहिलेको नेतृत्वबाट पार्टी रुपान्तरणको कूनै सम्भावना नरहेको बताएका छन् ।
अर्का केन्द्रिय सदस्य कल्याण गुरुंङ्ले पार्टी भित्रका अन्याय,अत्याचार र गुटका बिरुद्ध एक हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरी र प्रदेससभा सदस्य डा रणबहादुर रावलले सरकारले नियम कानुन लत्याउॅदै अराजकताको बाटोमा लागेको जानकारी गराए ।
युवा नेताहरुलाई लिएर २ दिने पूर्वी कैलाली भ्रमणमा निस्केका कोईरालाले जोशीपुर, टिकापूर र पहलमानपूरमा भएको अगूवा कार्यकर्ता भेलालाई संबोधन गरेका थिए । डा कोइरालाले सबै समुहका नेताहरुसॅग बोलाएर छुट्टाछुट्टै भेटेघाट यो कार्यक्रम समेत गरेका थिए ।