काठमाडौँ, माघ ११ । नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ ।
नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई विभागको टोलीले बिहीबार कारवाही गरेको जानकारी पाइएको छ ।
धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कारवाही गरिएको बताएका छन् । सो एलपीजी बोटलिङ प्लान्टलाई विभागले कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
0
Shares