सभामुखले आफ्नो पदीय गरिमा बिर्सिए : कांग्रेस

काठमाडौ, माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिरोधकाबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।

आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रामक बनेको छ । संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको जानकारी गराए ।

साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताएका छन् । अब कांग्रेसले सदन र सडकमा संघर्ष गर्ने देउवाले बताएका छन् । सरकारको मिचाह प्रवृतिको अन्त्य नभए कांग्रेस थप रणनीति सहित सदनमा प्रस्तुत हुने उनले बताएका छन् ।