हिमपातका प्रभावले पोलियो खोप अवरुद्ध

हुम्ला, माघ १३ । हिमपातले हुम्लामा माघ लागेसँगै निरन्तर परेको राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । जिल्ला अस्पतालका अनमी सरिता बोहराले यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको बताएकी छन् ।

सोमबारदेखि लगातार परेको हिमपातले जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि खोप सञ्चालन गर्न नसकिएको बोहराले बताएकी हुन् । जिल्ला अस्पताल हुम्लाले हिउँ जमेका कारण २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले जानकारी गराएकी छन् ।

जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम हिमपातले प्रभावित बनाएको छ । दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको बुझाइ छ ।

दादुरा र रुबेलाको उपचार खोप भएकाले मौसममा सुधार आएमा खोप सञ्चालन गरिने बोहराले बताइन् । उनले पाँच वर्षमुनिका बालबालिकालाई खोपका सबै सूचक खोप पोलियो थोपा, बिसिजी, डिपिटी, दादुरा रुवेला, जापानी इन्सेफ्लाइटीस आइपिभीलगायतका खोप पूरा गर्नुपर्ने समेत जानकारी गराइन् ।