तीस बराबर नेविसंघका नेता कार्यकर्ता संसद भवन अगाडीबाट पक्राउ

नेपाल विद्यार्थी संघ नेविसंघका कार्यकर्ताहरु संसद भवन अगाडीबाट तीस जना बराबर पक्राउ परेका छन् । नेविसंघ केन्द्रीय उपाध्यक्ष पवन यादव, सहमहामन्त्री अम्विका चलाउने, सदस्यहरु खड्ग सुब्बा, सुमन पाण्डे, प्रेमिका रानामगर, गीता गुरुङ्ग सहित आरआर क्याम्पस नेविसंघका अध्यक्ष संजिव ढकाल, आरआर क्याम्पस नेविसंघकै सचिब तथा स्ववियू सदस्य अशोक बिष्ट लगाएत तीस जना जतिलाई प्रहरीले नियन्त्रण गरेको हो ।

सरकारको विरोध गर्दै डा केसीको जीवन रक्षा गर, निर्मलालाई न्याए दे जस्ता नारा उनीहरुले लगाएका थिए । सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेल्ने नीति बनाएपछि कांग्रेससँगै उसका भ्रातृ संगठनहरु आक्रामक बन्दै सडकमा उत्रिएपछि सरकारले जवरजस्ती पक्राउ गर्दै लाने गरेको छ ।

विद्यार्थीहरुले नेपाली कांग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् । त्यसैगरी सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।