अस्ट्रेलियामा डुबेर तिन नेपाली बिद्यार्थीको मृत्यु

तिन महिनामा लगातार तेस्रो घटना , राजदुतावास मुकदर्शक

दक्षिण अस्ट्रेलियाको एडिलेडको बिचमा समुन्द्रमा डुबेर नेपाली बिध्यार्थी निश्चल घिमिरेले ज्यान गुमाएको महिना नबित्दै फेरी सिड्नीमा अर्को एक युवाले बेइमानी पानीका कारण ज्यान गुमाउनु परेको छ ।

डिसेम्बर २७ मा भएको त्यो एडिलेडको घटना लगत्तै जनवरी ९ मा अल्बरीस्थीत मुरे नदीमा २१ बर्षिय नेपाली बिध्यार्थी बिगुल पण्डित हराएका थिए । उनको अझसम्म पनि केहि प्रमाण भेट्टाउन सकेको छैन । प्रहरीले उनको खोजि कार्य समेत बन्द गरिसकेको छ ।

सीड्नीवाट ७० किलोमिटर पश्चीममा पर्ने बेन्ट्स बासिनमा गत आइतबार दिउसो फेरी एक नेपाली बिध्यार्थी बिश्वास जोशीको पानीमा डुबेर मृत्यु भएको छ । पुख्र्यौली डडेलधुरा घर भएका बिश्वास जोशी यसै जुलाइमा उच्च अध्यनमा अस्ट्रेलिया आइपुगेका थिए । जोशी लगायतका एक दर्जन नेपाली युवा अस्ट्रेलियन डे को लामो छुट्टीमा बेन्ट्स बासिनमा क्याम्पीङ गएका हुन ।

सोही क्रममा पानीमा खेल्न गएका केहि नेपाली युवाहरु डुब्दै गरेको र बचाउँंको आग्रह गरिरहेका देखेपछि तत्काल इमरेजेन्सी सेवाका ब्यक्तीहरु उद्धारको लागि खटिएपनि एक २५ बर्षिय जोशीलाई बचाउन सकेका थिएनन । यसै क्रममा अन्य तिन जनालाई भने उद्धारकर्मीले सकुसल उद्धार गरेको थियो ।

पछिल्ला बर्षहरुमा पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या बढ्दै जाँंदा पनि सम्वन्धित निकायले यसतर्फ हेलचेक्राइ गरको हो की भन्ने देखिन्छ । पानीका कारण सन २०१७ को सुरुआतमा सुजन शर्मा र सुजन अधिकारीले ज्यान गुमाए लगत्तै २०१८ मा क्रोनोला बिचमा अर्की नेपाली चेलीको लास भेटिएको थियो ।

२२ हजार नेपाली बिध्यार्थी भएको अस्ट्रेलियामा नेपाली राजदुतावासले बिध्यार्थी सचेतना सम्वन्धी कुनै एउटा कार्यक्रम समेत गर्न सकेको छैन । राजदुतावास स्थापना भएको एक दश बितिसक्दा पनि दुतावास पासपोर्ट र भिषामा मात्र सिमित हुनु दुखद बिषय भएको बिध्यार्थीको हक हितमा काम गरिरहेको युवा अभियन्ता तथा नयाका संस्थापक अध्यक्ष कोमल पाठक बताउछन । हामी युवाहरु मिलेर आफ्नो दुनो काटेर भएपनि यहाँंको बिध्यार्थीको हितमा लागेका छौ, राज्यको निकाय भने यस्तो गहन बिषयमा समबेदनाका दुइ शब्दमा सिमित छ, यो दुखपुर्ण कुरा हो ।

डिसेम्बर यता मात्र अस्ट्रेलियाका समुन्द्री तटमा ७० जना मानिश पानीमा डुबेर मरिसकेका छन । यस्तै सन २०१७ देखि हालसम्म अस्ट्रेलियामा करिब १७ जना नेपाली बिध्यार्थीले दुर्घटनाका कारण ज्यान गुमाइसकेका छन । त्यसमा सबैभन्दा बढि दुर्घटना पानीका कारण भएको कोमलले राष्ट्रपुकारलाई बताए । राज्य र सम्वन्धित निकायले यस्ता गम्भीर बिषयमा ध्यान पुरयाउनु पर्छ, नत्र फेरी पनि अनाहकमा नेपाली युवाले मृत्युको काखमा पुग्नु पर्नेछ, पाठकले सुनाए ।