चितवन, माघ १५ । गए राति धारीलो हतियार प्रयोग गरी पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा एक महिलाको निर्मुम हत्या गरिएको छ । हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा घरमा १४ वर्षीय बालकसँगै रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकसँगै रहेका बालक भने केही भएको छैन । विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । उनले प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको बताए ।
घटनाको वास्तविक विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले प्रष्ट्याएका छन् । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उनले भने । रातिमा हतियारले घोचेर हत्या गरिएको घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी गराएकी थिइन् । घटना परिवारका अन्य सदस्य घरमा भएको बताइएको छ ।