जाजरकोट, माघ १५ । गाउँगाउँमा घुम्ती शिविर गरेर जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले अभियान थालेको छ । जन्मदर्ता गर्नेको संख्या भन्दा नगर्ने संख्यामा वृद्धी भएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न उक्त अभियान थालेको छ । नगर प्रमुख लालबहादुर महताराले कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरेको बताइएकाृ छ । उक्त शिविरमार्फत नगरपालिकाले हालसम्म तीन हजार बालबालिकाको जन्मदर्ता गराएको छ ।
सरकारले पाँच वर्षमुनिका बालबालिकाका लागि बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानवापत प्रतिमहीना रु ४०० का दरले उपलब्ध गराइने नगरपालिकाले प्रष्ट्याएको छ ।
नगरपालिकाभित्रका पाँच वर्षमुनिका बालबालिकामा सहयोगले कुपोषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले भने । बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्दत पुग्ने उनले बताए । बालबिवाह गर्दा भविष्यमा सम्बन्ध टिकाउ नहुने र कलिलो आमालाई मात्र नभएर बच्चालाई समेत असर पु¥याउने भएकोले उक्त कार्य प्रारम्भ गरिएको हो ।