काठमाडौं, साँखु, माघ १७ । बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।
]वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको सुचना पाएपछि सादा पोशाक लगाएर सामान्य व्यक्तिझै भेष बनाइ खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका हुन् ।
काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत पक्राउ परेको उनले प्रष्ट पारे । कानुन बमोजिम मुद्दा चलाइ उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
0
Shares