दमौली, माघ १७ । भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले गराएको छ ।
शाखाका सभापति कृष्णहरि वाग्लेले शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको बताए ।
‘भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत भक्तपुरस्थित विपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविरमा पाँचकोे कानको शल्यक्रिया र ६० लाई चश्मा र चारलाई श्रवणयन्त्र प्रदान गरिएको थियो । शिविरमा ७७५ जनाले विविध स्वास्थ्य सेवा लिएका समेत थिए ।
0
Shares