महिला सशक्त रुपमा अघि बढ्नु पर्ने : उपप्रमुख सत्याल

ललितपुर, माघ २० । महिलालाई आय आर्जन, बचत अभियान सञ्चालनलगायत सामाजिक काम गरेर सृष्टि महिला समूह ललितपुर महानगरपालिकाकै उत्कृष्ट बन्न सफल भएको घोषणा गरिएको छ ।

समूहको पाँचौँ वार्षिक साधारणसभा, रक्तदान र विपन्न वर्गका बालबालिकालाई पोषणयुक्त खाना खुवाउने कार्यक्रमको शनिबार महानगरपालिकाको वडा नं २ स्थित राममन्दिरमा शुभारम्भ गर्दै महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले २९ वडाका २६५ महिला समूहमध्ये सृष्टि गत वर्षको क्रियाकलापमा पहिलो भएको घोषणा गरेकी छिन् । उनले समूहले महिलाका आधारभूत सेवा पु¥याउन सफल भएकाले उत्कृष्ट बन्न सफल भएको जानकारी गराइन् ।

महिला सक्रिय रुपमा अघि बढ्दा निकै उदाहरणीय काम गर्न सक्ने समेत उनले बताएकी छिन् । महिला सबल, सक्षम भएर सशक्त रुपमा अघि बढ्नु पर्ने उनले जीकिर गरीन् ।  प्रदेशसभा सदस्य विजया केसी श्रेष्ठले सामाजिक क्षेत्रमा समूहले गरेको काम उदाहरणीय बन्न सफल भएको स्पष्ट पारेकी छिन् ।

नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यले मुलुकमा बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका लागि महिला समूहले सदाचारमुखी कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । देशको शक्तिशाली वर्ग नै महिला भएकाले उनीहरुलाई पुरुष वर्गले सदैब सहयोग गर्नु पर्ने उनले बताए । महिलाको सक्रियतालाई हौसला प्रदान गर्ने काममा आफुले कहिल्लै कन्जुस्याई नगरेको उनले बताए ।

महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश महर्जनले महिलालाई व्यावसायिक बनाउन समूहले नेवारी खाजा घर चलाएर नमूना बनेको जानकारी गराएका छन् । कार्यक्रममा समूहकी अध्यक्ष पारु डङ्गोल राउतले बालबालिकाका लागि पोषणयुक्त खानाका साथै पुस्तकालय सञ्चालनमा ल्याइएको बताएकी थिइन् । समूहकी सचिव रमिता श्रेष्ठ, सहकोषाध्यक्ष हेमकुमारी सुवाल, सदस्य साधना मल्ल जोशी, गीता रिसाललगायतले समूहले एक वर्षसम्म गरेका गतिविधिका बारेमा जानकारी गराएकान थिए ।

सो अवसरमा वडा नं २ का १० जना वृद्धवृद्धालाई सम्मान गरिनुका साथै माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अङ्क ल्याउने समूहका सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । जापानको सन्तान कम्पनीको सहयोगमा समूहले महीनामा दुईपटक भोजन गराउने कार्यक्रमअन्तर्गत विपन्न वर्गका ४० जना बालबालिकालाई पोषणयुक्त खाना एक वर्षसम्म खुवाइने जानकारी गराइएको छ ।

कम्पनीका नेपाल प्रतिनिधि दाइसुके कियामाले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक जिल्लामा आर्थिक सामाजिक पुनःस्थापनाका क्रममा ‘वासवी’ नामको उत्पादन लगाउने प्रविधि सिकाउन लागिएको जानकारी गराइएको थियो ।