अस्ट्रेलियामा ल्यान्ड एन्ड लीज को चर्चा

संसारभर आतिथ्यका लागि कहलिएका नेपालीहरु हस्पीट्यालीटी बिजनेसमा सफल भएका कयैन कथाहरु कोरिसकेका छन । बिदेशमा नेपालीहरु डाक्टर,इन्जिनियर ,एकाउन्टेन्ट जस्ता दक्ष पेशामा सफल पनि भएका छन । अस्ट्रेलियामा स्वास्थ क्षेत्रमा स्वास्थ सहायकहरुको भिडमा नेपाली अनुहार सामान्य भैसकेको छ । तर यतिखेर अस्ट्रेलियामा रियल स्टेट बिजनेशमा भने नेपालीहरु बामे सर्दैछन भन्दा फरक नपर्ला । यो साच्चीकै नया ब्यवशाय भएकाले चुनौती र संभावनाको पहाडबिच केहि नेपाली युवाहरुले अस्ट्रेलियामा घरजग्गा ब्यवशायलाई पनि आम्दानीको पेशा बनाउन सकिन्छ भनेर प्रमाणित गर्न थालेका छन ।

सामाजिक अभियन्ता दिनेश पोखरेल तथा अशोक थपलिया निर्देशक रहेको ल्यान्ड एन्ड लिजले आइतबार सिड्नीको लाकेम्बामा आफ्नै भब्य कार्यालयको स्थापना गरेर नया स्वरुपमा आफुलाई अगाडि सारेको छ । भर्खरै साढे दुइ बर्षको उमेर पुगेको ल्यान्ड एन्ड लिजले अहिलेनै करिब तिन सय पचास घरहरुको ब्यवस्थापन गर्नुका साथै घरजग्गा बेच बिखनमा सफलता पाएको हो । यो नेपालीहरुले सन्चालन गरेको रियल स्टेटमा सबैभन्दा बढि घर ब्यवस्थापन गर्ने रियल स्टेट पनि बनेको छ ।

दक्षिण एशियाकै घनत्व भएको छिमेकी बंगलादेशीहरुको समेत सहभागिता रहेको यान्ड एन्ड लिजमा अहिले छ जना घरजग्गा ब्यवस्थापकहरु कार्यरत रहेका छन । घर ब्यवस्थापनमा आश्वीन पाखरेल र सेल्स मेनेजरहरुमा ज्याेितन्द्र कडरिया, निर्मल संग्रौला,अच्युत थपलिया र शुरेस रेग्मी ल्यान्ड एन्ड लिजमा कार्यरत रहेका छन ।

आइतबार आयोजित ल्यान्ड एन्ड लिजको कार्यालय उदघाटन अवसरमा न्यु साउथवेल्सका माहाबाण्ज्यिदुत दिपक खड्काले अस्ट्रेलियामा नेपाली समाज बाक्लिदै जाँंदा सबैखाले ब्यापार ब्यवशाय पनि बढेकोमा खुसी ब्यक्त गरे । खड्काले कार्यालयको उदघाटन गर्दै भने, सबैखाले ब्यवशायमा नेपालीको सहभागिता भएका कारण पनि हामीलाई धेरै कुरामा सहज भएको छ । कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले सानो समयमा तिब्र प्रतिस्पर्धा बिच मनग्य सफलता हात पारेको ल्यान्ड एन्ड लिजलाई बधाइ दिए ।

नया र नौलो ब्यवशायमा नेपालीको सहभागिताले अस्ट्रेलियाको प्रतिस्पर्धी बजारमा नेपालीहरु पनि सक्षम छन भन्ने बिषय प्रमाणित गरेको छ,जुन हाम्रो लागि महत्वपुर्ण बिषय हो , अधिकारीले बताए । संयोजक अधिकारीले बिदेशमा बसेर सबैखाले ब्यवशायमा देखिनु हाम्रो समाजको सौन्दर्य पनि भएको जिकिर गरे ।

अर्का बक्ता आइसीसी सदस्य दिनेश जोशीले पुराना दिन संझदै भने, प्रारम्भका दिनमा संभावनाका कयैन पाटाहरु थाहा नपाएका कारण गुमाउनु परेको स्वासत सत्य हो । तर यतिखेर समय र परिस्थीती बदलिएको जोशीले बताए । अहिले घर,जग्गा , डाक्टर इन्जिनियर र मोर्गेज र शीक्षाको पाटाहरुमा हामी हाम्रै भाषा बोलेर पनि सेवा पाउने भएका छौ, यो भने महत्वपुर्ण बिषय हो ,जोशीको कथन थियो ।

कार्यक्रममा मोर्गेज ब्यवशायका युवाहस्ती किरण थापा र नेकपाका अस्ट्रेलिया प्रतिनिधी रमेश पाण्डेले छोटो समयमा बिश्वास जित्न सफल ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए । यस्तै उदघाटन अवसरमा कवी केदार पोखरेल, सुदुर पश्चिम समाजका अध्यक्ष दिपक जोशील,झपाली समाजका उपाध्यक्ष उमेश पोखरेल लगायतले ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा स्थानिय क्यान्टबरी काउन्सिलका काउन्सिलर मोहम्मद जमान र क्याम्बेलटाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीको समेत उपस्थीती रहेको थियो ।