नयाँ पुस्ताले पुरानो पठन संस्कृतिलाई बिर्सिए :मन्त्री बराल

लमही, माघ २१ । नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्ने प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताएका छन् ।

मन्त्री बरालले दाङ गढवाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आइतबार चौथो साधारणसभामा पछिल्लो समय नयाँ पुस्ताले पठन संस्कृति बिर्सिदै गएकाले उनीहरुलाई पुरानो पुस्ताले पठन संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले केही समय यता प्रविधिको प्रयोगका कारण नयाँ पुस्ताले पढ्न छाडेको समेत जानकारी गराए । पछिल्लो समय प्राविधिक शिक्षा पढ्नेको लहर बढिरहेकाले देउखुरी क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट पहल थाल्ने मन्त्री बरालले प्रष्ट्याएका छन् ।