काठमाडौं, साउन १५ । गत असार ३० गते सामाखुशीमा सडकमा जमेको पानीका कारण ढलमा परेकी सत्या सापकोटालाई वृहस्पति विद्या सदनले डेढ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
उक्त विद्यालयले आइतबार नक्सालस्थित विद्यालय परिसरमा कार्यक्रम गरि सो रकम सापकोटालाई प्रदान गरेको हो । सापकोटालाई साहस तथा पुनर्संमायोजन गर्न सक्ने अनुपम विद्यार्थीको रुपमा, विद्यालयको तर्फबाट अध्ययनका लागि सहयोग स्वरुप एक लाख पचास हजार रुपियाँ प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुमन थिङ लामाले जानकारी दिएका छन् ।
त्यस्तै, वृहस्पति विद्या सदनले आफ्नो विद्यार्थी सत्या सापकोटालाई प्रत्यक्ष सहयोग पु्र्याउने फोटो ग्राफर सुशीला थापामगर, उद्धार गर्नुहुने वि.वि.लाल तामाङ्ग र हरि थापाप्रति आभार व्यक्त गरेको छ । उनीहरु प्रत्यकलाई योगदानको कदर स्वरुप विद्यालयले प्रशंसापत्र तथा नगद १० हजार समेत प्रदान गरेको छ ।