भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राखिने

पाँचथर, माघ २१ । प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले उक्त कुरा जानकारी गराएका छन् ।

सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न उनले भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ५० लाख बजेट छुट्याइसकेको बताए ।

मन्त्री आङ्बोले प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकलेसशस्त्र प्रहरी पोष्ट राख्न सम्बन्धित निकायलाई अख्तियारी समेत दिएको र यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जटिबुटी चोरी निकासी रोक्नसहयोग पुग्ने जानकारी गराएका छन् ।सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुबै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उनले प्रष्ट पारे ।