महबाट लाखौको आम्दानी

बद्री पन्त
जाजरकोट, माघ २१ । भेरी नगरपालिका १, पिपेमैदेका ५० बर्षिय नरबहादुर रानाले यसबर्ष मह उत्पादनबाट ३ लाख आम्दानी लिन सफल भएका छन् । रानाले ४० घार मौरीबाट उक्त आम्दानी लिन सफल भएका हुन् । गत बर्षको तुलनामा ५० प्रतिशतले मह उत्पादन बढेको रानाले बताएका छन् । गतबर्ष ३० घार मौरीबाट १ सय धार्नी मह उत्पादन गरेर १ लाख आम्दानी भएकोमा यो बर्ष २ सय धार्नी मह उत्पादन भएको रानाले जानकारी गराएका छन् । रानाको घरमा ४० घार मौरी छन् । यो बर्ष ३ लाखको मह विक्रि भएको रानाले बताएका छन् । यो बर्ष महको सिजन राम्रो भएर मौरीले मह पनि रामै्र लगाएको उनले सुनाए । ३ लाख आम्दानी भयो गतबर्षको तुलनामा दोब्बर मह उत्पादन भएको छ उनले भने । उत्पादीत मह लिन व्यापारी घरमै पुगेका थिए ।

रानाको मह डोल्पाका व्यापारीले १ सय ५० धार्नी लगेका छन । अरु मह सदरमुकाम खलंगामै खपत भएको रानाले बताएका छन् । रानाले ३५ वर्ष अघि ५ घार मौरीबाट मौरी व्यवसाय थालेका हुन् । राना व्यवसायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । मह उत्पादन बढेपछि घर ब्यबहार धान्न सहज भएको रानाको भनाइ छ । १२ जनाको परिवारको घरखर्च चलाउन सहज भएको रानाले बताए ।

रानाको घरमा मुडेघार, आधुनिक घार र घरको ओछुमा गरी ४० घारमौरी छन । मौरीमा कम मेहनेत, थोरै लगानीमा मौरी व्यवसाय गर्न सजिलो रहेको रानाले स्पष्ट पारे । यसबाट आम्दानी पनि धेरै हुने भएकाले मौरी व्यवसाय सजिलो व्यवसाय भएको रानाको भनाई छ । गाउँघरमा प्रति धार्नी महको १८ सय देखि २ हजार रुपैंयामा किनबेच भएपनि रानाले १५ सयमै मह विक्र्री गर्ने गर्छन । रानाको घरमा ६० वटा बाख्रा पनि छन् । बाख्राबाट बर्षमा ८० देखि १ लाख अम्दानी हुन्छ । एउटा भैसी छ ।

मान्छेहरु रोजगारीको खोजिमा विदेश पलाएन भईरहेको वेला रानाले भने घरमै बसेर लाखौंको आम्दानी गर्न र आफ्नै खेतबारी मेहनत गरेर सुन फलाउन सकिन्छ भन्ने उदाहरणी काम गर्न सफल भएका छन् । रानाले अब व्यवसायीक मौरी फर्म सन्चालन गर्ने लक्ष्य रहेको जानकारी गराए । यसका लागि स्थानीय सरकारले पनि राना जस्तै मौरी पालक कृषकहरुलाई सहयोग प्रदान गर्न आवश्यक छ । बन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगाएत कारण मह उत्पादन घटेपनि यसबर्ष जाजरकोट जिल्लामा मह उत्पादन बढेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताए ।

गत बर्ष जाजरकोटमा २० मेट्रीक टन मह उत्पादन भएको थियो । अर्गानीक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी रहेको छ । यसपटक पानी नपरेकाले मह उत्पादन बढेको हो । मैनपुतलीले मौरीको लार्भा र चाका खाईदिने गर्दा मौरी भाग्ने गरेको किनाको भनाइ छ । विगतमा प्रति किलोको ५ सय मुल्य पर्ने मह यो बर्ष ७ सय पुगेको छ । मह उत्पादनका लागि भेरी नगरपालिको पिपेमैले, नलगाड २, कलपत मौरी पकेट क्षेत्र हुन रोकायले बताए । मौरी किसान यो बर्ष भने खुसी भएका छन् । जाजरकोटमा ५ सय घरपरिवारले व्यवशायी मौरी पालन गर्दै आएका छन् । मौरी र महको बलियो सम्भावना बोकेको जाजरकोटको अर्गानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपुर्तिमा टेवा पुग्ने प्रमुख रोकायले जानकारी गराए ।