क्युबामा शक्तिशाली आँधी छ जनाको मृत्यु

हवाना, माघ २१ । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको संख्या बढेर छ पुगेको छ ।

सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो संख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताएका छन् । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए ।