ओखलढुंगा, माघ २१ । नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदिप कुमार सुनुवारले सरकारले अधिनायकबादी चरित्र नसुधारे नेकपा विहिन मुलुक बनाउने अभियानमा नेपाली कांग्रेस लाग्ने चेतावनी दिएका छन् । भ्रष्ट्रचारमा चुर्लुम्म ढुबेको सरकारले गरेका जनविरोधि क्रियाकलापको विरोध गर्न आयोजित कार्यक्रममा बोल्दै संघिय लोकतान्त्रिक संविधान र यस्को चरित्र अनुरुप काम नगरेको भन्दै यस किसिमको क्रियाकलाप बन्द गरी अधिनायकबादी चरित्र नसुधारे कम्युनिष्ट पार्टी विहिन देश बनाउने सभापति सुनुवारले घोषण गरेका हुन् ।
ओखलढुंगा नेपाली कांग्रेसले आयोजना गरेको र्याली पछि आयोजना गरिएको कोणसभामा बोल्दै नेता सुनुवारले भने डा. गोविन्द केसीले सर्वसाधारण गरिब जनताका छोराछारीको हितमा उठाएको माग र ओली सरकारले गरेको संम्झौत्ता बमोजीम राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक फिर्ता गरी राष्ट्रिय सहमतिमा पारित गर्न सरकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै महिला संघका अध्यक्ष हेमालक्ष्मी राईले सिद्धिचरण नगरपालिका मेयर र उपमेयरले सर्वसाधारण उठाएको करको दुरुपयोग गरेको भन्दै जनताको पसिना खानेका विरुद्ध प्रतिपक्षको हैसियतले भण्डाफोर गर्न आफुहरु लागेको बताएकी छिन् ।
कार्यक्रममा बोल्दै नेविसंघका अध्यक्ष रोशन महतरा, महिला संघका दलित संघका होमबहादुर विक, नेपाल तरुण दलका अध्यक्ष प्रविण राई, जिल्ला कार्यसमिति सदस्य ढुकबहादुर धमला, धनबहादुर बानियाँ, सन्तोषबाबु थापा, तिर्थ घिमिरे लगायतले सरकारले कर वृद्धि गरेर सर्वसारधण जनताको ढाँड भाँचेको, देशमा हत्या हिँसा, बलात्कार बढेको, निर्माला पन्तको घटनाका दोषीलाई संरक्षण गरेको, स्थानिय, प्रदेश र संघिय तह सम्म सरकारले भ्रष्टचारको संरक्षण गरेको लगायतका कारण यो सरकारको विरोध गर्नु परेको भन्दै जनताले दिएको २ तिहाइ मतको सम्मान गर्न आग्रह गरेका थिए ।
नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको सैयौं नेता तथा कार्यकर्ता समिलित र्याली नेपाल खाद्य गोदाम हुदै बजार परिक्रम गरेर तोकतान्त्रिक चोकको गणेश मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।