ट्रान्सपरेन्सी इन्टरनेशनल प्रतिबेदन २०१८
ट्रान्सपरेन्सी इन्टरनेशनलको वर्ष २०१८ को भ्रष्टाचार सम्बन्धी तथ्याङ्कले नेपाल भ्रष्ट मुलुकको सुचिमा एक सय २४ औ रहन पुगेको छ । यो तथ्यांक अनुरुप हाम्रो देश नेपाल भने यस बर्ष २ स्थान तल झर्दै जम्मा ३१ अंकका साथ भ्रष्टाचारको एक सय १२४ औँ स्थानमा झरेको हो ।
बिकसित राष्ट्र अस्ट्रेलिया पनि पछिल्लो बर्षझै १३ औ स्थानमा रहन पुगेको तथ्यांकले देखाएको छ । यस वर्ष अस्ट्रेलिया आफ्नो ७७ अङ्कलाई सुरक्षित राख्दै १३ औँ स्थानमा नै रह्यो । १८० राष्ट्रहरूलाई समावेश गरि ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारको स्तरलाई हेरेर यो सुची बनाउने गर्दछ । ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक भ्रष्टाचार सम्बन्धी तथ्याङ्कलाई विज्ञहरू र सम्बन्धित व्यक्तिहरूले स्थानिय भ्रष्टाचारको अवस्थालाई विश्लेषण गर्दै १८० राष्ट्रहरूको सुची सार्वजनिक गर्ने गरेको छ ।
सार्वजनिक कार्यालयलाई व्यक्तिगत लाभका निम्ति प्रयोग गरिने, नातावाद, कृपावाद, आर्थिक अनियमितता, भ्रष्टाचार विरुद्धका संयन्त्र, नीतिगत भ्रष्टाचार( जहाँ व्यक्तिगत लाभका निम्ति राज्यस्तरमा निर्णयहरू लिइन्छ, त्यस्ता तथ्यहरूका आधारमा सुची निर्धारण गर्ने गर्दछ । शून्य देखि १०० सम्मको अङ्क मापन गरिने यस प्रकृयामा शून्यले सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० ले सबैभन्दा बढि पारदर्शी भन्ने बुझाउने गर्छ । १३ वटा सर्वेक्षण र विज्ञहरूको विश्लेषणमा तयार भएको सुचीमा नेपालले २०१७ मा पाएको ३१ अकंलाई यो वर्ष पनि यथावत् राखेता पनि १२२ बाट दुई स्थान तल झरेको छ ।
नेपालसँगै १२४ औँ स्थान बढ्नेमा माल्दिभ्स, काजकिस्तान सहित उप सहारा अफ्रिकी राष्ट्रहरू गाबोन र जिबुटी रहेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल अस्ट्रेलियाकी प्रमुख कार्यकारी सेरेना लिलीह्वाइटले अस्ट्रेलियाले गएको ७ वर्षमा आफ्नो ८ अङ्क गुमाइसकेको बताएकी छन् । समग्रमा डेनमार्कले २०१८ को तथ्याङ्कमा ८८ अङ्क प्राप्त गर्दै सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्रका रूपमा अगाडि देखिएको छ। डेनमार्क लाई पछ्याउदै ८७ अङ्कका साथ न्युजिल्याण्ड दोस्रो र तेस्रो स्थानमा फिनल्याण्ड, सिङ्गापुर, स्विडेन र स्विजरल्याण्डले समान ८५ अकंका साथ भ्रष्टाचारमुक्त देशका रुपमा अग्रपंक्तीमा देखिएका छन । यस वर्षको तथ्याङ्कमा दुई तिहाइ भन्दा बढी राष्ट्रहरू औसतमा १०० मा ४३ अङ्क पाउँदै ५० भन्दा तलको स्थानमा देखिएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यसको सम्बन्धलाई भ्रष्टाचार र लोकतान्त्रिक सबलतासँग जोडेर हेर्ने गरेको छ । पूर्णतया लोकतन्त्र भएको मुलुकले औसतमा ७५ अङ्क प्राप्त गरेका छन् भने कमजोर लोकतान्त्रिक राष्ट्रहरूले ४९ र एकतन्त्रिय शासन प्रणाली अपनाउनेले औसतमा ३० अङ्क प्राप्त गरेका छन्। जर्मनीमा प्रतिबेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलकि अध्यक्ष एडा म्युलरले अप्रजातान्त्रिक र जनवादी सोचका राजनीतिक दलका नेताहरूले आफ्नो शक्तिलाई व्यक्तिगत स्वार्थका निम्ति दुरुपयोग गर्ने परिस्थितिमा भ्रष्टाचार मौलाउने गरेको विचार व्यक्त गरेकी छन् ।
संयुक्त राज्य अमेरिका अघिल्लो वर्षको भन्दा ४ अकं गुमाएर ७१ अङ्कका साथ २०११ पश्चात् पहिलो पटक उत्कृष्ट २० स्थान बाट बाहिरिएको छ । २२ औँ स्थानमा अमेरिका झर्दा यमन, दक्षिण सुडान, सोमालिया र सिरियाले न्यून १० अकंका साथ पुछारमा रहन पुगेका छन्।