उत्तर कोरियाका पूर्व तानाशाह शासकहरु किम जोङ ईल र किम इल सुङ्गको जन्मजयन्तीका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागेकामा ग्रामिण क्लब हाउस ईटहरी नेपालले गम्भिर आपत्ती प्रकट गरेको छ ।
संस्थाका अध्यक्ष मुकुन्द सुवेदीद्धारा जारी विज्ञप्तीमा मानव अधिकार, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको हनन गरी संसारलाई ध्वस्त पार्ने आणवीक हतियार परिक्षण गर्ने उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालमा उसका पक्षमा वकालत नर्गन विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी मालेका महासचिव सिपी मैनालीको नेतृत्वमा नेपाल मजदूर किसान पार्टी, लगायतका संघ संस्था तथा दलहरुले गर्न लागेको यो कार्यक्रमले नेपाललाई कुनै सहयोग नपुग्ने विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा गरिबी, अशिक्षा र अभावमा जीवन गुजार्न बाध्य पार्ने बाहिरी संसारसँग सम्बन्ध राख्न बन्देज गर्ने कम्युनिस्ट तानाशाह किम जोङ उनका बाबु र हजुरबुवाको नेपालमा स्मरण गर्नुपर्ने कुनै जरुरत नरहेको बताइएको छ ।
नेपाललाई सहयोग गर्ने दक्षिण कोरिया र जापान लाई संधै आफ्नो ठूलो शत्रु ठान्ने उत्तर कोरियासंग त्यस्तो ठूलो कुनै सहयोग नरहेको खाली कम्यूनिष्ट तानाशाही हरुलाई जीवन्त राख्नु राम्रो कार्य नभएकाले सम्बन्धित पक्षलाई अविलम्ब यी कार्य बन्द गर्न आह्वान गर्दै गृह प्रशासनलाई अनुमति नदिन विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
मानवअधिकार, प्रेस स्वतंत्रता र प्रजातन्त्रको हनन गरी संसारलाई ध्वस्त पार्ने हतियार परीक्षणगर्ने उत्तरकोरियालाई संयुक्त राष्ट्रसंघले पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालमा उसका पक्षमा वकालत नगर्न र काठमाडौंमा रहेको राजदूतावास बन्द गर्न नेपाल सरकारसँग ग्रामिण क्लबले माग गरेको छ ।