शताब्दी पुरुष सत्यमोहन जोशीको महत्वपूर्ण योगदानकाे महानगरले उच्च कदर गर्छ : मेयर चिरीबाबु महर्जन

ललितपुर, माघ २५ । ललितपुर महानगरपालिकाले शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशीको सतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिको नाम डाक्टर सत्यमोहन जोशी सतवार्षिकी कार्यक्रम व्यवस्थापन समिति रहेको छ । यस समितिले २०७६ वैशाख ३० देखि एक वर्षसम्म सत्यमोहनजोशीको सतवार्षिक मनाउन महानगरले आयोजना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन काम गर्ने छ । उक्त समितिमा माननीयहरु , छिमेकी नगरपालिकाका मेयर लगायतको सहभागिता रहेको छ । जोशीको सम्मानमा महानगरले मनाउन लागिएको उक्त सतबार्षिकी कार्यक्रमका सन्दर्भमा महानगरका मेयर चिरीबाबु महर्जजनसँग गरिएको कुराकानी ः

शताब्दी पुरुष सत्यमोहन जोशीको सतवार्षिक मनाउने योजना कसरी बन्यो महानगरको ?

शताब्दी पुरुष सत्यमोहन ज्यूले यो उमेरसम्म नगरको लागि, मुलुकको सेवा गर्नु भनेको ठूलो कुरा हो । कला, संस्कृति संरक्षणमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँको सम्मान जीवन कालमा नै गर्न सक्यो भने त्यसको महसुस उहाँले गर्न सक्नु हुन्छ भन्ने हो । सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण निधी हो । जीवन छँदा नै सम्मान गर्ने परम्पराको सुरुवात गर्न महानगरपालिकाले यो सतवार्षिक मनाउने योजना बनाएको हो । त्याग, तपस्या , योगदानलाई मुत्युपछि मात्रै सम्मान गर्ने परम्परा छ । त्यसा सुधार हुनुपर्छ भन्ने मान्यता छ ।

सतवार्षिक कार्यक्रमहरु मनाउन कुन प्रक्रियाबाट कार्यक्रम तय गरिन्छ ?

ललितपुर कार्यपालिकाको निर्णय अनुसार एक सय ११ सदस्यीय समिति मेयरको अध्यक्षमा गठन भएको छ । उक्त समितिको वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्छ । उक्त समितिको बैठक आज शुक्रवार बोलाइएको छ । यो बैठकले यो वर्षभरि गर्ने कामको खाका पार्छ । तयार हुन सक्छ । उपसमिति गठन गरेर गर्ने वर्षभरि गर्ने कामको योजना बनाउँछौ र त्यसै अनुसार अगाडि बढ्छौ ।

कार्यक्रमहरु के के हुन् सक्छ ?

उहाँको (सत्यमोहन जोशी)को नाममा ललितपुरको एउटा सडक नामाकरण गर्छौ । त्यो कुन भन्ने निश्चित भइसकेको छैन । बैठकले त्यो निशिचत गर्छ । ललितपुरमा धेरै राम्रा पार्कहरु छन् , एउटा कुनै पार्कको नामाकरण पनि उहाँको नामबाट गर्छौ । सुवर्ण मुद्रा प्रकाशन गर्न राष्ट बैैैकसँग छिटटै छलफल गर्दैछौ । हुलाक टिक प्रकाशन गर्ने, वर्षभरि नै सांस्कृतिक महोत्सव प्रतियोगिता आयोजना गर्छौ । प्राविधिक रुपमा संभव भए सगरमाथाको चुचुरोमा सतवार्षिकी कार्याक्रम अन्तर्गत उहाँको फोटो राख्ने विषयमा पनि छलफल भइरहेको छ ।

उहाँको नाममा प्रतिष्ठान स्थापना गर्न जग्गाको खोजी नगरपालिकाले गरिराखेको छ । जग्गा प्राप्त भए, भवन निर्माणका लागि नगरपालिकाले भवन बनाउने प्रतिबद्धता समेत मैले गरेको छु । सत्यमोहन जोशी ज्यूको चाहना पुर्खौली घरलाई नै प्रतिष्ठानको रुपमा व्यवस्थित गरे हुन्छ भन्ने छ , तर यसको लागि धेरै कुरा मिल्नु पर्छ । यो घरमा नै संभव भए , उहाँको इच्छा अनुसार नै गर्न सकिन्छ । त्यो संभव नभए प्रतिष्ठानको लागि जग्गा खोजेर भवन निर्माण गर्नुपर्छ । यो प्रतिष्ठानमा उहाँको ज्ञानदेखि उहाँले संकलन गर्नु भएको सिक्का , ऐतिहासिक महत्वका पुस्तक लगायतलाई व्यवस्थित गर्न सकिन्छ ।

झण्डै एक वर्ष अघि महानगरले सत्यमोहन जोशी ज्यूलाई सवारीसाधनलगायत उपलब्ध गराएको थियो, त्यो सोच कसरी आयो ?

यो सोच संवेदनशीलताले ल्याएको सोच हो भन्दा पनि हुन्छ । यसको अर्थ भावुक भएर भन्न खोजेको होइन , उहाँको सम्मान गर्दै जीवनयापन सजिलो होस् भन्नाका लागि हो ।

मेयर पदमा निर्वाचित भएपछि म पुगेका केही कार्यक्रमहरुमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेँ । उहाँ त्यो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएको हुनु हुन्थ्यो । मैले उहाँलाई जति पटक भेटेँ , त्यत्ति नै पटक मैले सत्यमोहन जोशीलाई घर सम्म पु¥याइदिएँ तर, यो सधै संभव थिएन । र मनमा सधैं एउटै प्रश्न उब्जिन्थ्यो । त्यो प्रश्न थियो , ट्राफिक लयागत सहरको घुइँचोलाई छिचोलेर उहाँ कसरी त्यो कार्यक्रममा पुग्नु हुन्छ ? मेरो मनमा एउटा विचार आयो , उहाँको यात्रालाई सहज बनाउन ललितपुर महानगरपालिकाले केही गर्नै पर्छ त्यसपछि महानगरले उहाँको यात्रालाई सहज बनाउन सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको हो । ड्राइभर, तेल , टेलिफोन, गार्डको पनि व्यवस्था गरेका हौ । महानगरपालिकाले उहाँलाई गरेको सम्मानको एक रुप हो ।

नगरपालिकाले उपलब्ध गराएको सवारीसाधन लगायतको सुविधाले उहाँको जीवन सहज भएको छ ? हैन त ?

पक्कै पनि उहाँको जीवनलाई यो सुविधाले सहज बनाएको छ । हिड्डुल गर्न सहज भएको छ । वास्तवमा हामीले हाम्रा ज्युदाँ इतिहासलाई गर्ने भनेको सम्मान यस्तै हो । जसले उहाँहरुको जीवन सहज होस् । त्यसलाई अनुभव गर्न पाउनु होस् ।

सत्यमोहन जोशीलाई सवारीसाधन उपलब्ध गराएपछि यहाँको प्रसंसा पनि खुबै भयो नि?

यो काम गरिसकेपछि यति धेरै स्यावाँसी पाएँ कि, जुन मैले यस भन्दा अघि पाएको थिइन् । म ज्यादै खुशी भएँ , राम्रो निर्णय भएको रहेछ भन्ने लाग्यो । विदेशमा बस्नु भएका नेपालीले समेत टेलिफोन, इमेल लगायतबाट स्वावास भन्नु भयो । वास्तवमा मलाई यो निर्णयले मलाई एकदमै खुशी दियो ।

नगरपालिकाले गरेको सम्मानको सम्मानका लागि पनि आज उपरान्त मेरो मैले आफ्नो दिनचर्या सुधार गर्ने जिम्मेबारी थपिएको छ । छ भन्दा निकै खुशी लागेको थियो । ललितपुर महानगरपालिकाले सामान्य कार्यक्रम आयोजना गरेर हामीले उहाँलाई सवारीसाधन प्रदान गर्यौं । त्यस लगत्तै मैले सत्यमोहन जोशीज्यूलाई सतबार्षिक कार्यक्रम मनाउन अनुमति मागेँ

त्यत्तिबेला सम्म त अन्य धेरैवटा समूहले सतवार्षिकी मनाउन प्रस्ताव लिएर आउनुभएको रहेछ । ललितपुर महानगरपालिकाले गरेको प्रस्ताव सुनेर उहाँ खुशी हुनुभयो । त्यस दिन नै स्वीकार गर्नुभयो । त्यसपछि हामी उहाँको सतवार्षिकी कार्यक्रम मनाउन तयारीका साथ अघि बढेका हौ ।