पानीले करोडौँका इँटा नष्ट

धादिङ, माघ २७ । लगातार तीनदिनको वर्षाका कारण धादिङका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी संघका अध्यक्ष एकराज गजुरेलले बताएका छन् ।

बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जानकारी गराएका छन् । काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो ।

जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायीलले संघले बताएको छ । प्रतिइँटाको लागत रु सातसम्म पर्ने गरेको छ । जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको संघले जनाएको छ ।

विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन् । यसैगरी केही दिनअघि कञ्चनपुरमा भएको वर्षात्का कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । दुई दिन भएको वर्षाले जिल्लाभर रु करोड बराबरका इँटा नोक्सान भएको इँटा तथा टायल उद्योग व्यवसायी संघले जानकारी गराएको छ ।

वर्षात्ले चट्टा लगाइएका र पोल्नका लागि तयारीमा रहेका काँचो इँटा गलेर नष्ट भएको संघलले जानकारी गराएकको छ । ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका कोषाध्यक्ष दानबहादुर रावलले बताएका छन् ।
पदक विजेता कराँते खेलाडी सम्मानित

काठमाडौँ, माघ २७ । बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउण्टमा अध्ययनरत पुरुष ४५ केजीमा राजन तामाङले स्वर्ण जितेका थिए भने पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले काँस्य हात पारेका थिए । दोस्रो किड्स अभिभावक दिवस तथा सम्मान कार्यक्रममा एकेडेमीका अध्यक्ष एवम् सांसद जगदीश्वरनरसिंह केसी र संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले उनीहरुलाई सम्मानपत्र प्रदान गरे ।

पानीले करोडौँका इँटा नष्ट
धादिङ, माघ २७ । लगातार तीनदिनको वर्षाका कारण धादिङका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी संघका अध्यक्ष एकराज गजुरेलले बताएका छन् । बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जानकारी गराएका छन् । काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो ।

जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायीलले संघले बताएको छ । प्रतिइँटाको लागत रु सातसम्म पर्ने गरेको छ । जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको संघले जनाएको छ । विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन् । यसैगरी केही दिनअघि कञ्चनपुरमा भएको वर्षात्का कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् ।

दुई दिन भएको वर्षाले जिल्लाभर रु करोड बराबरका इँटा नोक्सान भएको इँटा तथा टायल उद्योग व्यवसायी संघले जानकारी गराएको छ । वर्षात्ले चट्टा लगाइएका र पोल्नका लागि तयारीमा रहेका काँचो इँटा गलेर नष्ट भएको संघलले जानकारी गराएकको छ । ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका कोषाध्यक्ष दानबहादुर रावलले बताएका छन् ।