टोरोन्टोमा पहिलो पटक सोनाम ल्होछार भब्य रुपमा मनाइयो

राजु थापा, टोराेन्टो ।

११ फेब्रुअरि, २०१९ । ग्रेटर टोरोन्टोमा रहेका तामांग समूदायले पहिलो पटक सोनाम ल्होछार (नयाँ बर्ष) २८५५  बिबिध कार्यक्रम गरि नर्थयोर्कमा भब्य रुपमा मनाएका छन् । उपस्थित भध्य तामांग समूदायका जेठा डेरिक मोक्तान तामांगले दिप प्रज्वलन गरि ल्होछारको शुभारम्भ गर्दै शुभकामना आदानप्रदान गरिएको  थियो ।

आफ्नो जन्मभूमि छोडेर  बिदेशी भूमिमा रहेर तामांग समूदायको रितिरिवाज, कला संकृति, भेषभूषा, धर्म लगायतका परम्परालाई निरन्तरता दिदै संरक्षण र सम्बर्धनका साथै साना बालबालिकाहरूलाई भबिष्यमा आफ्नो रितिरिवाजको ब्याबहारिकता प्रति नबिर्साउने हेतु र आबस्यकताका कारण यस बर्ष देखि क्यानडामा सोनाम ल्होछार मनाउन लागेको बताइएको छ ।

यि सबै कृयाकलापहरू ब्याबहारिक र कानुनी तबरबाट गर्नका लागि संथाको आबस्यकता भए अनुरूप उक्त अबसरमा भेलाको छलफलले राजन तामांगको संयोजकत्वमा तामांग सोसाइटि अफ क्यानडा “Tamang Society of Canada” गठन गर्ने निर्णय समेत गरेको छ ।

समितिको उपसंयोजकमा बिनु लामा तामाङ, सदस्यहरु डेरिक मोक्तान तामाङ, सबिता लोप्चन तामाङ, कमल माम्बा तामाङ, युवेस मोक्तान तामाङ, माया मोक्तान तामाङ, उर्मिला लामा तामाङ, शर्मिला तामाङ, सिता तामाङ, उर्मिला तामाङ, सिता लामा, सिद्धार्थ तामाङ, संजिव तामाङ, अनु लामा तामाङ, अम्बिका लामा तामाङ र शोभा तामाङ रहेका छन्  तदर्थ समितिले क्यानाडा रहेका सम्पूर्ण तामाङहरुलाई सम्पर्क गरि संस्थामा आवद्ध गर्दै सकेसम्म छिटै प्रथम अधिवेशन गर्ने छ ।

क्यानडामा यस अघि पनि थुप्रै संघ संथाहरू गठन भैसकेका छन् तर केहिले बाहेक आफ्नो  उदेश्य अनुरूप नेपाली समूदायमा खासै कुनै कार्य गर्न सकेको पाइदैन तर यस संथाको गठन बाट आफ्नो उदेश्य अनुरूप कार्य गरि समूदायको बृहत्तर हितमा यसले कार्य गर्नेमा नबगठित संथाका संयोजक राजन तामांग कटिबद्द रहेको पाइन्छ। हाम्रो पनि शुभकामना ।