अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौँ, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उनले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।