बागलुङ, फागुन ५ । बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा पोखरा जगदम्बा ट्राभल्स प्रालिले सुचारु गरेको छ । सुविधा सम्पन्न भएको बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको व्यवस्था गरिएको छ ।
बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको जानकारी गराए ।
उनले धने, बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ । यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।
बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । बसको टिकट अनलाइनबाट पनि बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।