बद्री पन्त
फेरी तिमी संसारकै शक्तिशाली शासक !
तर, मेरो औंलाछापभन्दा नि सस्तो लाग्ने !
तथाकथित तेस्रो आँखाका धनी तिमी !
तिम्राआँखा किन त्यस्तरी विवेकशून्य भएर सुख्खा भए हँ !
तिमीहरुलाई अर्काको दुःखमा बग्ने आँसुको मूल्य के थाहा !
तिम्रो आँसु त, म उकालो वगेर मस्तिस्क भिजाउँछु !
न ओरालो वगेर हृदय नै भिजाउँछु !
यतिखेर मेरो घडीमा भने ठीक ६ बजेको छ !
जाजरकोट, फागुन ५ । यी हरफहरु वाचन गर्दै नेपाली कला साहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी । शनिबार जाजरकोट खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको सृजना उत्सव कविता वाचन कार्यक्रममा कवि तथा कवयित्रीहरुले यसैगरी आफ्ना भावन पोखेका थिए । अहिले देशमा वढ्दै गएको विकृति, भ्रष्टाचार, शुसासनको अभाव र नागरिकमाथि हुने अन्यायका विरुद्ध आफ्ना भावना मार्फत पोखेका थिए ।
नेपाली कला साहित्य डटकम ललितपुर र लेखनाथ साहित्य प्रतिष्ठान जाजरकोटको सयोंजन तथा जिल्ला समन्वय समिति जाजरकोट र जिल्लाका सातै वटा स्थानीय तहको आयोजनामा खलंगामा वृहत कविता सम्मेलन भएको थियो । वृहत कविता सम्मेलनमा चर्चित साहित्यकारहरुले लोकतन्त्र र सुशासनको लागि खवरदारी गरेका छन् । सवै जसो कवि कवयित्रीहरुले सरकार विरुद्ध आक्रोस पोखेका थिए । कवितामा साहित्यीक स्रष्टाहरुले राजनैतिक नेतृत्वका कारण देश संकटमा परेको भाव प्रकट गरेका थिए ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावल र नेपाली कला साहित्य डटकम ललितपुरका अध्यक्ष मोमिला जोशीको संयुक्त अध्यक्षता तथा साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सन्चालित कविता सम्मेलनमा चर्चित साहित्यकारहरु सरु भक्त, अशेष मल्ल, डा. विमल कोइराला, मोमिला जोशी, डा. अमर शाह, राजेस्वर कार्की, अस्वीनी कोइराला, डा. जंगव चौहान, ठाकुर वेलवासे, मणि लोहनी, फुलमान वल,शकुन्तला जोशी, सुलोचना मानन्धर, तथा स्थानीय कविहरु हरि सन्दर्भ, जनक सम्वेदक, पुर्ण समीर महतारा,चन्द्र चिन्तन, लालवहादुर महतारा, ललितकुमार वस्नेत, वालकुमार शर्मा, माया पन्त, अच्युतप्रसाद शर्मा लगाएत ३० जनाले विभिन्न कविता वाचन गरेका थिए ।
जिल्लाको साहित्यीक विकासमा सहयोग पुरयाउन देशकै चर्चित साहित्यकारहरुको सहभागितामा सृजना उत्सव आयोजना गरिएको लेखनाथ साहित्य प्रतिष्ठान जाजरकोटका अध्यक्ष साहित्यकार हरिबहादुर बस्नेतले बताउनु भयो । साहित्य विकासको राम्रो सम्भावना भएको जाजरकोटलाई साहित्यको माध्यमवाट चिनाउन कविता सम्मेलनको आयोजना गरेको बस्नेतले बताउनु भयो । १ सय वढी साहित्य पारखीको कविता सुन्न सृजना उत्सव कार्यक्रममा सहभागि भएका ।