बद्री पन्त
जाजरकोट, फागुन ५ । २० हजार रासीको ग्रेगोरी कला साहित्य पुरस्कार जाजरकोटका स्रष्टा पुर्ण समीर महताराले प्राप्त गरेका छन् ।
अमेरीकी नागरिक ग्रेगोरी मास्कोरिनको सहयोगमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली कला साहित्य डटकम ललितपुरले स्थापना गरेको ग्रेगोरी कला साहित्य पुरस्कार दुइ दशक देखि साहित्य क्षेत्रमा क्रियाशील साहित्यकार महतरालाई शनिवार खलंगामा आयोजना गरिएको सृजना उत्सवका अवसरमा प्रदान गरेको हो । प्रत्यक वर्ष प्रदान गरिने उक्त पुरस्कार यस वर्ष साहित्यकार महतारालाई प्रदान गरिएको हो ।
गजल र कविताको क्षेत्रमा शसक्त लेखन क्षमता भएका महतारा लामो समय देखि साहित्यीक लेखन तथा कृति प्रकाशनमा सक्रिय छन् । शिवालय गाउँपालिका १ घर भएका महतरालाई साहित्यका विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यको विकासमा महत्वपुर्ण योगदान पुर्याएकोले सम्मान गरिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानककारी गराएकी छिन् ।
दुर्गममा जन्मिएर नेपाली साहित्यको विकास श्रीवृद्धि र प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएका महतारालाई अझै यस क्षेत्रमा शसक्त रुपमा लाग्न प्रेरणा दिन स्रष्टा महतारालाई पुरस्कृत गरिएको जोशीको भनाइ छ । ग्रेगोरी कला साहित्य पुरस्कारवाट सम्मानित भएपछि स्रष्टा महताराले आफुले दुइ दशक गरेको साहित्यीक योगदानको उचित कदर भएको बताएका छन् ।
यस पुरस्कारले आफुलाई अझै नेपाली साहित्यको क्षेत्रमा शसक्त रुपमा लाग्न प्रेरणा मिलेको प्रष्ट्याए । आफुले कला साहित्यको माध्यमवाट नेपाली समाजको रुपान्तरण र परिवर्तनमा स्वतन्त्र, निर्भिक र उर्जाशील भएर साहित्य लेखनमा क्रियाशील हुने महताराको भनाई छ ।