नेविसंघको तदर्थ समिति बनाउँँदा ३२ वर्षे उमेरहद लगाउन माग

काठमाडौँ, फागुन ६ । नेपाल विद्यार्थी संघका केहि नेता कार्यकर्ताले पार्टीले निर्माण गर्न लागेको नेविसंघको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगाएतका समुहले विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका छन् ।

विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य नहुने भन्दै सो समुहले विभिन्न चरणमा नेपाली कांग्रेसका नेताको ध्याान आकर्षण गराएका छन् । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन सो समुहले माग राख्दै आएको छ । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रामप्रसाद अधिकारीको लगाएका छन् ।

विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो । सो समितिका केहि पदाधिकारी लगाएतले राजीनामा गरेपछि पार्टीको चर्को दवाब पछि नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिए सँगै पार्टी सभाापति शेरबहादुर देउवाले राजीनामा स्वीकृत गरेका थिए । सो पश्चात नेविसंघको एक टिम तदर्थ समिति बनउन दौडधुप गरीरहेको छ भने अर्को समुह ३२ बर्षे उमेरहद लगाउनु पर्ने आडान राखि रहेको छ ।

विगठित नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेकका छन् । उनले विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य नहुँने बताउँदै आाएका छन् ।