अस्ट्रेलियामा तनहुँ समाजको परोपकारी अभियान

तनहुं समाज अस्ट्रेलियाले सिड्नीमा एक कार्यक्रमको आयोजना गर्दै तनँहुबासी बिचको एकता र भातृत्वको गाठो बलियो बनाउनुका साथै नेपालको सुगमको सहयोग र दुर्गगको शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिडनीको रकडेलस्थीत रेड क्याप्सीकम हलमा आयोजित कार्यक्रममा तनहुँ समाजका पदाधिकारीहरुले बिदेशमा बसेर जन्मेको ठाउँं र हुर्केको गाउँंलाई माया गर्नका निम्ती पनि समाजहरुको आवश्यकता रहको औलाए ।

तनहुँं समाजको कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देलले अस्ट्रेलिया बसेर जन्मथलोलाई माया गर्ने जमातनै स्थानिय समाजहरु भएको बताए । जसले जसरी र जहांबसेर गरेपनि सहयोग आखिर मुलुकभित्रै पुग्ने हो,त्यसैले पनि समाजको संरचना महत्वपुर्ण रहेको बताए । उनले छोटो समयमा लामो फट्को मारेको तनुहँं समाजले आगामी दिनमा नया कायक्रमहरु ल्याएर आफ्नो उद्देस्यमा अगाडि बढन आग्रह समेत गरे ।

कार्यक्रममा अस्ट्रेलिया झापाली समाजका केन्द्रिय अध्यक्ष दिनेश पोखरेलले तनहुँं समाजले अस्ट्रेलयाको नेपाली समाजमा छोटो समयमा महत्वपुर्ण छाप छोडेको बताउदै यसको सफलतको कामना गरे । एनआरएन आइसीसी सदस्य तथा सल्लाहकार दिनेशराज जोशीले तनहुँं मुलुककै पहचान बोकेको ठाउँं भएकोले बिदेशमा रहेर पनि यसले मुलुकको परोपकारी काममा हात बढाउदै आएको बताए । हामीले तनहुँं मात्र होइन,सम्पुर्ण मुलुककै बिषयमा चासो र चर्चा गरेका छौ, अनि सहयोग पनि । जोशीले बिदेशमा बसेर पनि देशको माया गर्ने जमातका रुपमा तनहुँं समाजलाई लिन आग्रह गरे ।

समाजका पुर्व अध्यक्ष परशुराम अधिकारीले यसको स्थापना र पछिल्ला कार्यक्रमहरुका बारेमा बताउदै आपसी सदभाव र परोपकारी भावना संस्थाको मुख्य उद्देस्य रहेको बताए । कार्यक्रममा निजी समस्याका कारण अध्यक्ष दिनेश खनाल उपस्थीत हुन सकेका थिएनन । संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका सभापती मेघराज पौडेलले संस्थाले आगामी दिनमा विबिध कार्यक्रमको योजना बनाएको र सहयोगका कार्यक्रमहरु समेत रहेको बताए ।

समाजका महासचिब सुर्य खनालले सन्चालन गरेको कार्यक्रममा नेपालवाट भ्रमणमा आएका तनहुँंको म्यादे गाउँंपालीकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पुर्व प्रवक्ता ज्ञानेन्द्र रेग्मी लगायतले समाजको सफलताको कामना गरेका थिए । कार्यक्रममा बोल्दै समाजका महासचिब सुर्य खनालले समय परिस्थीती अनुरुपको कार्यक्रम ल्याएर समाजले निकट भबिष्यमै संस्थाको क्रियासिलतालाई अगाडि बढाउनुका साथै पुराना नित्य कार्यक्रमहरु सुगमको बसाइ,दर्गमको शिक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताए ।