हलिउड चलचित्र ग्रीन बूकलाई ओस्कार स्वर्णपदक प्रदान

अमेरिका, फागुन १३ । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जित्न सफल भएको छ ।

यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने काला जातिका पियानो बादक र एकजना गोरा ड्राइभर बीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार स्वर्णपदक प्रदान गरिएको हो ।

ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार प्राप्त गर्न सफल भए । सो चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।

उक्त चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको बताउँदै पुरस्कार वितरण समारोहका निर्देशक पिटर फारेलीले भने, हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौं । कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो ।