टुँडीखेलमा श्रद्धाञ्जली दिनेको घुइँचो

काठमाडौं, फागुन १७ । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

बिहान ८ बजेदेखि पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको हो । मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्चपदस्थ व्यक्तिहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, परिवारका सदस्य तथा आफन्त एवं सर्वसाधारणको टुँडीखेलमा घुइँचो लागेको छ ।