“एक्सपर्ट” अस्ट्रेलियाब्यापी क्रिकेट हुने

प्रतियोगितालाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजक गरेको छ । एक्सपर्टले अस्ट्रेलियाको नेपाली समुदायको भिन्न समाजिक कार्यमा सहयोगीको रुपमा भुमिका निर्वाह गर्दै आएको छ । 

एडिलेड नेप्लीज क्रिकेट एशोसिएसनको आयोजनामा यही आउँंदो मार्च १५ देखि १७ सम्म एडिलेडमा एक्सपर्ट अस नेपाल अस्ट्रेलियाब्यापी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

अस्ट्रेलियाभर छरिएर रहेका नेपाली समाज र त्यस अन्तर्गत बनेका क्रिकेट टीमहरु बिच आपसी प्रतिस्पर्धा गराइने प्रतियोगितामा न्यु साउथवेल्स,  क्टोरिया,क्वीन्सल्यान्ड,तास्मािनया र साउथ अस्ट्रेलिया गरी पाँंच राज्यको क्रिकेट टिमको सहभागिता रहने छ ।

एडिलेडको युनी वेस्ट बीच क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिता हेर्न लायक रहने एडिलेड नेप्लीज क्रिकेट संघका अध्यक्ष विजय जोशीले बताए । यहाँं अहिले नेपालवाट खेलिरहेका राष्ट्रियस्तरका खेलाडी र यही राज्यस्तरिय क्रिकेट लिग खेलिरहेका थुप्रै खेलाडी रहेका छन । सबै राज्यमा नेपालीहरुको बलियो क्रिकेट टिमले यसले आपसी भाइचारा सहित क्रिकेटको पदोन्नती हुने समेत बिश्वास लिएको छु , अध्यक्ष जोशीले बताए ।

प्रतियोगितालाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजक गरेको छ । एक्सपर्टले अस्ट्रेलियाको नेपाली समुदायको भिन्न समाजिक कार्यमा सहयोगीको रुपमा भुमिका निर्वाह गर्दै आएको छ । प्रतियोगिताका बारेमा जानकारी दिदै एडिलेड नेप्लीज क्रिकेटका पारस जोशीले प्रतियोगितामा न्युाउथवेल्सवाट एनसीसीए, टिम क्वीन्सल्यान्ड राइनो, भिक्टोरिया नेप्लीज क्रिकेट एशोसीयन टिम, एनसीसीबी क्वीन्सल्यान्ड, जिएलसीसी तास्मानिया र आयोजक एएनसीएको टोलीको सहभािगता पक्का भैसकेको बताए ।

पुराना राष्ट्रीय क्रिकेटर समेत रहेका पारस जोशीले लिग कम सेमिफाइनलमा खेलाइने प्रतियोगितामा भिन्न राज्इवाट सहभागि खेलाडीलाई एडिलेडको रमणीय क्षेत्रको भ्रमण समेत गराउने योजना रहेको छ । बास्तबमै यो अस्ट्रेलियामा बस्ने क्रिकेटप्रेमी नेपालीको लागि खुसीको बिषय हो, भिक्टोरियन नेप्लीज क्रिकेट संघका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी यशवन्त सुबेदीले बताए ।

अस्ट्रेलियाको भिन्न राज्यमा छरिएर रहेका नेपाली क्रिकेटरहरुको प्रतिभा निखार्ने मौकाका साथै आपसी भाइचारा समेत बृद्धी गर्ने यो मौकालाइ हामी खेर जान दिने छैनौ । मेलवर्नको टिमको तयारीमा लागेका यशवन्तले प्रतियोगिता स्तरिय र हेर्न लायक रहने बिश्वास ब्यक्त गरे ।