एआइबीटी प्रकरणमा इक्यानको खुलासा

“एक्सपर्टले कसैलाई धम्की दिएको छैन”

नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुका छाता संगठनहरु इक्यान, फेकन, आईरिन र नायरले अष्ट्रेलिया स्थित अष्ट्रेलिया इन्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईविटी) दर्ता खारेजीबाट उत्पन्न समस्या समाधान तर्फ उन्मुख रहेको बताएका छन् । राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा एआईविटी कलेज अष्ट्रेलियाको आधिकारिक निकायमा दर्ता भई स्विकृति लिएरै भोकेशनल एजुकेशन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने कलेज भएपनि नर्सिङ्ग डिप्लोमाको मान्यता सम्बन्धि विषयलाई लिएर उब्जेको विवादका कारण समस्या आइपरेको बताएका छन ।

कार्यक्रममा बोल्दै ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले एआईबीटी कलेजमा देखिएका समस्या समाधान गर्न ईक्यानले संस्थागत रुपमा सम्बन्धित निकायहरुसंग आवश्यक छलफल र परामर्श गरेको बताए । जो विद्यार्थी अब अध्ययन नै गर्दिन र स्वदेश फर्किन्छु या अर्को कलेजमा जान्छु भन्छ भने कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने बाँकी अवधिको शुल्क फिर्ता गर्ने भैसकेको छ । जो विद्यार्थी नर्सिङ्ग विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमाको अध्ययन पुरा गर्न अवस्थामा छन् उनिहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण हुने शिक्षण संस्थामा स्थान्तरण गर्न सकिने प्रावधान रहेको पाण्डेले बताए । आफुहरुसँगको कुराकानीमा एआईविटी कलेज र अष्ट्रेलियन सरकारले संयुक्तरुपमा विद्यार्थीहरुको समुचित व्यवस्थापन गर्न पहल गर्ने बताएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले एआईविटी प्रकरण बाहिर हल्ला गरेजस्तो ठूलो समस्या नभएको भन्दै अष्ट्रेलियन सरकारकै निर्णयअनुसार कलेज खारेज भएकोले समस्याको समाधान पनि उनीहरुले गर्ने बताए । हामी सबैको पहलमा यो समस्या निराकरण हुने भएकोले यस बिषयमा थप चिन्तता नलिन संपूर्ण अभिभावक, विद्यार्थी र सम्बन्धित सबैमा पाण्डेले आग्रह गरे ।

कार्यक्रममा बोल्दै आईरिन अध्यक्ष कुमार कार्कीले एआईविटी प्रकरणमा सबै दोश परामर्श व्यवसायिलाई लगाउन नहुने जिकिर गरे । मुख्य जिम्मेबार एआईविटी कलेज र अष्ट्रेलियन सरकार भएको उनको ठहर थियो । एआईविटी कलेज र अष्ट्रेलियन सरकार पनि समस्या समाधानको लागि गंभिर भएकोले यो ठूलो चिन्ताको बिषय नरहेको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै फेकन अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श व्यवसायिले आफ्नो नीति नियम र परिधिभित्रै रहेर बैधानिक काम गरेपनि अष्ट्रेलियामा रहेकै कलेजमा समस्या आएकोले नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत समाधानको पहल गर्नुपर्ने माग गरे । यो समस्या समाधानको लागि फेकनले पनि सक्दो पहल गर्ने उनले बताए ।
एआईविटी प्रकरणमा परेका विद्यार्थीहरुको सरकारी तवरबाटै समाधानको पहल भएको बताए । मिडियामा आएजस्तो यो भयंकर ठूलो समस्या नभएको र समाधानको शुरुवात भैसकेको उनको भनाई थियो । अष्ट्रेलिया सरकारको टीपीएस नीति अन्तर्गत विद्यार्थीहरुले पढेको युनिटहरु तथा तिरेको ट्युशन फि सुरक्षित रहने भएकोले विद्यार्थीहरु आत्तिरहनु नपर्ने उनले बताए ।
शैक्षिक परामर्श व्यवसायिको तर्फबाट बोल्दै एक्सपर्ट एजुकेशनका खेम संग्रौलाले एआईविटी प्रकरणलाई अतिरन्जित गराउने काम भएको बताए । शैक्षिक परामर्श व्यवसायिले विद्यार्थीलाई धम्क्याएको, वेवास्था गरेको भन्ने जस्ता भ्रम फैलाउने कार्य भएकोमा उनले दुःख व्यक्त गरे । एक्सपर्ट एजुकेशनबाट गएका केवल ८ जना विद्यार्थी समस्यामा परेकोमा सयौं विद्यार्थी अलपत्र पारेको भन्ने आरोप लगाईने गरेकोमा आफुहरुको ध्यानाकर्षण भएको उनले बताए । विद्यार्थीको समस्या समाधानको पहल भैरहेकोले सम्बन्धित विद्यार्थी र अभिभावकलाई केही समय धैर्य गर्न उनले आग्रह गरे । अस्ट्रेलियामा देखिएको समस्यामा केहि बिध्यार्थीले बिना कारण एक्सपर्टको नाम मुछेर हुदैनभएका र गर्दै नगरेका बिषयमा केहि बिध्यार्थीहरुलाई उचाल्ने काम समेत भएको आरोप लगाए ।

एआईविटी कलेजको न्यु साउथ वेल्स राज्यमा दुईवटा क्याम्पस, क्विन्सल्याण्ड राज्यमा एउटा क्याम्पस र टास्मानिया राज्यमा एउटा क्याम्पस सञ्चालनमा रहेका छन् । यहा करिब एक हजार नेपाली बिध्यार्थी बिभिन्न संकायमा अध्यनरत छन ।