क्यानडामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवश सम्पन्न, तिनै स्तरका राजनैतिक नेताहरुको सहभागिता ।

राजु थापा, क्यानडा

०२ मार्च, २०१९

“Say no to violence against women”, “Think equal, build smart, innovate for change”  नाराका साथ एनआरएनए क्यानडा तथा नेप्लीज क्यानेडियन ओमेन एसोसियसनको संयूक्त आयोजनामा ग्रेटर टोरोन्टो स्थित ब्रामटन शरमा १०९ औं अन्तराष्ट्यि महिला दिवश भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रशाद पोख्रेललाई बिदाई सम्मानका साथै ब्रामटन शहरका नवनियूक्त मेयर प्याट्कि ब्राउन लाई स्वागत कार्यक्रमको समेत आयोजना गरि एकै साथ मनाईएको थियो । राजदुत पोख्रेल आफ्नो चार बर्षे कार्यकाल पूरा गरि नेपाल फर्कदै छन् ।

उक्त कार्यक्रममा क्यानडाका तिनै स्तरका राजनैतिक पार्टि तथा नेताहरुको सहभागिता भएको थियो । क्यानडामा अहिले सम्म एनआरएनए क्यानडा लगायत अन्य नेपाली संघ संथाहरुले  आयोजना गरेको कार्यक्रम मध्ये यो कार्यक्रमलाई ऐतिहासिक रुपमा लिन सकिन्छ । कार्यक्रममा ब्रामटन साउथकी सरकार संचालनमा रहेको लिबरल पार्टि बाट प्रतिनिधित्व गर्ने संघिय सांसद सोनीया सिधु, मिसिसागा माल्टन प्रोगेसिभ कन्जरभेटिभका प्रान्तिय सांसद दिपक आनन्द, अन्टारियो प्रोगेसिभ कन्जरभेटिभका पूर्व नेता तथा नवनियूक्त सिटि अफ ब्रामटनका मेयर प्याट्कि ब्राउन, टोरोन्टो बाट गत सघिय चुनावमा उम्मेदवार रहेका कन्जरभेटिब पार्टिका बेन्जामिन शर्मा, क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रशाद पोख्रेल लगायत क्यानडा स्थित नेपाली संघ संथाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अक्सर क्यानडामा सरकारमा रहेको पार्टिका नेता र बिपक्षि नेताहरु एउटै मन्चमा एकै साथ उपस्थित भएको पाईदैन तर नेपाली समूदायको यो कार्यक्रममा पक्ष र प्रतिपक्षको एउटै मन्चमा देखिएको उपस्थिति संयोग हो वा आउदो अक्टोवर २०१९ मा हुन लागेको संघिय चुनावको लागि नेपाली समूदायलाई आफ्नो पक्षमा पार्ने होडबाजी हो त्यो समयले बताउने छ । क्यानेडियन राजनितिमा नेपालीहरुको खासै प्रत्यक्ष संलग्नता हुन नसके पनि हालै सम्पन्न स्थानिय तथा प्रान्तिय चुनाव बाट नेपालीहरुको चहलपहल देखिन थालेको छ र क्यानेडियन राजनितिमा हावी रहेका पार्टिहरु त्यसलाई आफ्नो पक्षमा पार्न लागिपरेको पाईन्छ ।

कार्यक्रममा संघिय सांसद सोनीया सिधु, प्रान्तिय सांसद दिपक आनन्द, मेयर प्याट्कि ब्राउनले आफ्नो मन्तब्य राख्ने क्रममा आफूहरु नेपाली समूदाय संग मिलेर काम गर्न चाहेको बताएका छन् । साथै आफुहरु नेपाल जान चाहेको र सबैले आफ्नो बिजयमा नेपाली मतको मुख्य भूमिका रहेको समेत उल्लेख गरेका छन् ।  प्रान्तिय सांसद दिपक आनन्दले त आफू ८० प्रतिशत नेपाली भैसकेको समेत बताएका छन् । अक्सर सबै नेताहरु नेपाली समूदायले गरेका कार्यक्रमहरुमा उपस्थित हुने गरेका छन्  भने नेपालीहरु आफ्नो नेपालको राजनितिक बिचार र आस्था लिएर एक आपसमा लडिरहेको पाईन्छ । देश अनुसार भेष भनेझै बरु क्यानेडियन राजनीतिमा सबै एकजुट भै लागेमा सबै नेपालीहरुको पहिचान राख्न सफल हुने देखिन्छ ।

आफ्नो ४ बर्षे कार्यकाल पुरा गरि नेपाल फर्कन लागेका राजदुत काली प्रशाद पोख्रेलले आफुलाई नेपाल सरकारले क्यानडामा जे गर्न काम पठाएको हो त्यो बिभिन्न तहबाट गरेको र अब आउन लागेका राजदुत पनि सक्षम रहेकोले आफुले गर्न बाकिं रहेका काम उहांले गर्ने कुरामा आशावादी रहेको बताउदै, क्यानडामा रहदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफूलाई सहयोग गर्ने एनआरएनए क्यानडा लगायत सबै नेपाली दाजुभाई दिदिबहिनीहरु प्रति आभार साथै सबैमा धन्यवाद ब्यक्त गरेका छन् । क्यानडाका लागि नवनियूक्त राजदुतका रुपमा परराष्ट् मन्त्रालयका सहसचिव भ्रिगु ढुंगाना आउदै छन् ।

कार्यक्रमको शुभारम्भ दुबै देशको राष्टिय गानबाट सुरु गरिएको थियो भने हिमालयन भाईब्सको क्लासिकल धुनको प्रस्तुति नेपाली संस्कृति झल्कने खालको थियो । बिभिन्न सांगेतिक कार्यक्रम लगायत क्यानडामा रहेका नेपाली कलाकारहरुले आआफ्नो प्रस्तुति मार्फत कार्यक्रमलाई रोचक बनाएका थिए । कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरूलाइ टोकन अफ लभ प्रदान गरिएको थियो ।

कार्यक्रम एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन एनआरएनए क्यानडाका महासचिव चिरण घिमिरे, महिला बिभाग संयोजक बिमला सापकोटा लगायत प्रदिप मरहठ्ठाले गरेका थिए । कार्यक्रममा  जिटिए स्थित  बिभिन्न संघ संथाका प्रतिनिधिहरूले अन्तराष्ट्यि नारी दिवशकाे शुभकामना  दिएका थिए ।

स्मरणिय के छ भने, क्यानडामा नेपाली समूदायको बिकाश र बिस्तार गर्ने भनि दर्जनौ संघ संथाहरु गठन भैरहेका छन् तर केहिले बाहेक मिडियाको महत्व बुझेको पाईदैन । नेपालमा चौथो अंगको रुपमा लिईएको क्षेत्र पत्रकारिता मार्फत क्यानडामा रहेर पनि समूदायको बृहत्तर हितका लागि आफ्नो पेशागत धर्म निभाउने कयौं निश्पक्ष स्वतन्त्र संचारकर्मिहरु छन् तर तिनिहरुको हौसला त परै जावोस केहिलाई बाहेक अन्यलाई कार्यक्रममा आमन्त्रण समेत गरिएको देखिदैन ।

सोहि प्रकृतिको अन्तराष्टिय नारी दिवस यहि मार्च ९ शनिवारका दिन क्यानेडियन नेपाली महिला चौतारीले पनि आयोजना गर्दैछ ।

सबै महिला दिदि बहिनीहरुमा १०९ औ अन्तराष्ट्यि महिला दिवशको हार्दिक शुभकामना ।।।

तस्विर साभारः रामकाजी मोक्तान ।