ओखलढुंगा सदरमुकामका भित्री सडकमा सौर्यबत्ती जडानको कार्य सुरु

ओखलढुंगा सदरमुकामका भित्री सडकहरुमा सौर्य बत्ति जडान गर्न थालिएको छ । ओखलढुंगा नगरपालिकाले सौर्य बत्ती गणेश टोल, भैरव टोल, हुलाक डाँडा, राम बजार, जिविस टोल, रमाइलो डाँडा, गोरुमारे भञ्ज्याङ्ग, सिमलडाँडा लगायतका स्थानहरुमा सौर्यबत्ती जडान गर्ने तय गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको १९ लाख ५० हजार, सिद्धिचरण नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको ४ लाख पचार हजार रुपैँयामा सौर्य बत्ती जडानको कार्य शुरु भएको छ । सदरमुकाममा राखिने ५२ थान सौर्यबत्ती मध्ये ३८ थान सदरमुकाम भित्र राखिने र अरु थप १४ थान सिमलडाँडा आसपास राखिने सिद्धिचरण नगरपालिकाकी कार्यकारी अधिकृत रोशनीदेवी कार्कीले बताइन् ।

सौर्यबत्ती उत्पादनका लागि अहिले सदरमुकाम भित्र पोल, प्यानल, ब्याट्री लगायतको जडानको कार्य द्रुत गतिमा भइरहेको छ । सौर्यबत्ती जडान गरेपछि ओखलढुङ्गाका बासिन्दालाई रातको समयमा हिडडुल गर्नको लागि सहज हुने भएको छ ।