शिक्षकहरुको आन्दोलनमा कांग्रेस लगाएतको समर्थन

काठमाडौं, फागुन २१ । विगत लामो समयदेखी सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुको आन्दोलनप्रति कांग्रेसले समर्थन जनाएको छ ।

कांग्रेस संसदीय दलले शिक्षक आन्दोलनका क्रममा नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द अश्रुग्यासका साथै अनावश्यक बल प्रयोग गरी महिला शिक्षकहरुलाई दुव्र्यवहार गरेको र प्रहरीको दमनबाट दर्जनौं घाइते भएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको प्रति कांग्रेसको ध्यान आर्कषण भएकाने बताइएको छ । यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ विज्ञप्तीमा भनिएको छ ।

सोमवार भएको अमानविय घटनाप्रति नेपाली कांग्रेस संसदीय दलका तर्फबाट खाँणले घोर निन्दा र भत्सर्ना गरेका छन् । विज्ञप्ती मार्फत कांग्रेसले नेपाल सरकारलाई राहत शिक्षकहको माग पुरा गर्न माग गरेको छ । साथै प्रहरीको धरपकडामा घाइते भई अस्ततालमा उपचार गराई रहेका शिक्षकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत कांग्रेसले गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक समिति लगाएतले सरकारको कर्तुतको विज्ञप्ती मार्फत चर्को आलोचना गर्दै यस घटनामा सरकारी दमनको घोर भत्सर्ना गरेका छन् ।