काठमाडौँ, फागुन २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने तय भएको छ ।
बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
0
Shares