क्यानेडियन महिला चौतारी द्धारा १०९ औं अन्तराष्ट्यि महिला दिवश सम्पन्न

लोकसत्ता सम्बाददाता, क्यानडा ।

१० मार्च, २०१९

क्यानेडियन महिला चौतारी क्यानडा द्धारा हिजाे ब्रामटन शहरमा १०९ औं अन्तराष्ट्यि महिला दिवश भब्य रुपमा सम्पन्न गरेको छ ।

      

कार्यक्रममा कार्यक्रममा ब्रामटन साउथकी सरकार संचालनमा रहेको लिबरल पार्टि बाट प्रतिनिधित्व गर्ने संघिय सांसद सोनीया सिधु, अन्टारियो प्रोगेसिभ कन्जरभेटिभका पूर्व नेता तथा नवनियूक्त सिटि अफ ब्रामटनका मेयर प्याट्कि ब्राउन लगायतले नारी दिवशको उपलक्ष्यमा शुभकामना मन्तब्य राखेका थिए ।

उनीहरुले आफ्नो मन्तब्य राख्ने क्रममा आफूहरु नेपाली समूदाय संग मिलेर काम गर्न चाहेको र नेपाली समूदायबाट आफूहरुले हर क्षेत्रमा सहयोग प्राप्त गरिरहेको साथै भबिष्यमा पनि सहयोगको निरन्तरता पाउने अपेक्षा गरेका छन् । कार्यक्रममा ब्रामटन साउथबाट आउदो अक्टोबरमा हुन लागेको संघिय निर्वाचनका लागि उम्मेदवार छनौटका लागि आन्तरिक पार्टि निर्वाचनका प्रत्यासी भबेश भाट लगायत एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले समेत नारीहरुलाई शुभकामना दिएका थिए । अन्य नेपाली संघ संथाका प्रतिनिधिहरुले पनि नारी दिवशको उपलक्ष्यमा शुभकामना दिएका थिए ।

कार्यक्रम ब्रामटन लाईब्रेरीमा निर्धारण गरिए पनि सहभागिहरुको चापको कारण आधा कार्यक्रम पछि एभरेष्ट तेक्वान्दो एकेडेमी हलमा गर्नु परेको आयोजकले जनाएको छ । कार्यक्रमको अन्तमा नाचगान र खानपानको आयोजना गरिएको थियो । कार्यक्रम संचालन महिला चौतारीकी गिता शर्मा न्यौपानेले गरेकि थिइन् भने अध्यक्ष गिता दवाडीको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।

फोटोः अनिता थापा