काठमाडौं, साउन १९ । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी जनकपुरलाई केन्द्र बनाएर प्रमुख दलहरुले दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला, महाममन्त्री शशांक कोईराला, कोषाध्यक्ष सीतादेवी र कृषि मन्त्री रामकृष्ण यादव जनकपुर पुगेर प्रचारप्रसारलाई अगाडी बढाएका छन् ।
आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरु जनकपुर जाने कार्यक्रम रहेको छ । यसरी चुनाव प्रचारप्रसारका लागि प्रमुख दलहरु तीव्र गतिमा लागेका भए पनि मधेसका प्रभावशाली दलहरु भने काठमाडांैमा नै व्यस्त देखिन्छन् ।
0
Shares