श्रीमतीको हत्याको आरोपमा दलबहादुरलाई जन्मकैद

दुल्लु, फागुन २६ । जिल्ला अदालतले दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।

दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले श्रीमतीको हत्या गरेको आरोपमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको बताएका छन् । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आज सो फैसला गरेको हो ।

विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो । अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको पाइएको छ ।