काठमाडौँ, फागुन २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा विमानस्थलले सरसफाइ गरेको हो । विमानस्थलले मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको बताएको छ ।
विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रोपेका थिए । उक्त अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गराँै भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए ।
0
Shares