शैक्षिक उत्कृष्टता हासिल गर्न प्रविधिमैत्री शिक्षण आवश्यक : मेयर चिरीबाबु महर्जन

ललितपुर, फागुन २७ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शैक्षिक उत्कृष्टता हासिलका लाग प्रविधिमैत्री शिक्षण आवश्यक रहेको वताएका छन् । शिक्षकहरुको सीप र क्षमता विकास गर्न सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधिमैत्री शिक्षण विधिले ललितपुरको शैक्षिक उत्कृष्टता थप्न सहयोग पुग्ने बताएका छन् ।

तालिमका सहभागी शिक्षकका लागि यो एउटा सुनौलो अवसर रहेको उनले स्पष्ट पारेका छन् । महर्जनले ललितपुर महानगरपालिकाभित्र देशकै उत्कृष्ट विद्यालयहरु रहेको जानकारी गराएका छन् । उनले विद्यालयको शिक्षण पद्धति प्रभावकारी बनाउने जिम्मेवारी तालिम लिने शिक्षकको नै भएको समेत प्रष्ट पारेका छन् ।

शिक्षण र सिकाइमा रहेकामा रहेको विद्यमान बोझ हटाउन यो प्रविधि निकै फलदायी हुने प्रष्ट पारेका थिए । उनले गरेको सिकेको कुरा दिगो र प्रभावकारी भएको बताउँदै बाल मस्तिष्कमा त्यसको प्रभाव सकारात्मक पर्ने जानकारी गराएका छन् । ललितपुरका अन्य चारवटा विद्यालयमा छिट्टै यो कार्यक्रममा सहभागी हुने मेयर महर्जनका भनाई छ । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानका राजदुत मासामिसी साइगोले ललितपुरमा यो कार्यक्रम सुरुवात भएकोमा एकदमै खुशी लागेको जानकारी गराएका छन् । 

उनले सूचना र प्रविधिले शिक्षण सिकाईलाई प्रभावकारी बनाउनेमा आफु विश्वस्त रहेको स्पष्ट पारेका छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पहिलो अनुभव भएको बताउँदै शिक्षक र विद्यार्थीको सक्रियतामा यसको प्रभावकारिता प्रष्ट हुने बताएका थिए । केडिडिआइ फाउन्डेसनका उपाध्यक्ष मासाजुनि इनाओले सूचना र प्रविधिको प्रयोग गरेर प्रयोगमा ल्याइने विद्यालयमा संचालन गरिने रोबोट कार्यक्रमले विद्यार्थीमा बौद्धिक क्षमता, समस्या समाधान र सिर्जनशील बन्न सहयोग गर्ने बताएकाम छन् ।

उनले रोबटले विद्यार्थीलाई धेरै राम्रा क्षमताहरुको विकास गराउँने उनको धारणा छ । विद्यार्थीमा समस्या समाधान लगायतका सीप र क्षमता विकास गर्न ललितपुरका शिक्षकहरुका लागि आयोजना गरिएको तालिम सोमबारबाट सुरु भएको छ । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, हिन्दु विद्यापीठ बालकुमारी र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका शिक्षकहरु सहभागी छन् ।

तालिम लिएका शिक्षकहरुले विद्यार्थीमा बौद्धिक क्षमता विकास गर्न , सिर्जनशील हुन र आइपर्ने समस्याको समाधान निकाल्न रोबोटमार्फत सिकाउने छन् । विद्यालयलाई रोबट र अन्य प्राविधिक सहयोगको व्यवस्था तालिम आयोजना गर्न सहयोग गर्ने संस्थाहरुले नै गर्नेछन् । पाँच दिनसम्म चल्ने उक्त तालिममा विद्यालय तहका विद्यार्थीलाई सूचना, सञ्चार र प्रविधिमार्फत शिक्षण गर्नका लागि शिक्षक्षहरुमा प्रविधिमैत्री सीपको विकास गरिनेछ ।

ललितपुर महानगरपालिकाको आयोजनामा जापानका मियागो विश्वविद्यालय, केडीडीआइ फाउण्डेसन, सिटिनेट योकोहामाको सहयोगमा आयोजना गरिएको उक्त तालिममा प्रत्येक विद्यालयबाट दुई जना शिक्षक सहभागी भएका छन् । ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले यो तालिमले विद्यार्थीलाई विषयलाई नयाँ तरिकाले सोच्न सहयोग गर्ने बताएका छन् ।

साझा शिक्षा इपाटी(ओएलइ)का प्रमुख रवि कमाचार्यले अहिले युगमा सूचनाको प्रस्तुतिकरण महत्वपूर्ण भएको स्पष्ट पारेका छन् । विद्यार्थीलाई सिर्जनशील हुन यो कार्यक्रम उपयोगी हुने बताएका थिए ।

उक्त तालिम ओएलइको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिक्षक दिइने यो तालिम कार्यक्रम म्यान्मार र कम्बोडियामा समेत सुरु भएको छ ।