चम्पादेवि गाउँपलिकाले गर्यो कर्मचारीका हितमा निर्णय : आज गाउँसभाबाट अनुमोदन हुँदै

ओखल्ढुंगा, फागुन २८ । ओखल्ढुंगा चम्पादेवि गाउँ कार्यपालिकाको कार्यसमितिको बैठक फाल्गुन २६ गतेबाट निरन्तर गाउँपालिकाका अध्यक्ष नबराज केसी को अध्यक्षतामा फाल्गुन २८ गते बिहान नौबजे सम्पनन भएको छ ।

चम्पादेवि गाउँ कार्यपालिकाको कार्यलयमा तिन दिनदेखि चलिरहेको कार्यसमितिको बैठकले केहि नीतिगत कुराहरुमा अति नै मत्वपूर्ण निर्णयहरु गर्दै बैठक समापन गरेको छ । बिगत पन्ध्र बर्ष देखि चम्पादेबी गाउँपालिका भित्रका जुनसुकै कार्यलयमा निरन्तर काम गरिसकेका कÞरार कर्मचारी बिदाइ गर्दा सम्मान स्वरुप रु एकलाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ ।

साठी बर्ष पुरा भएका महिला स्यमसेविकालाई पनि रु एक एक लाख प्रदान गरि सम्मान गरिने निणर्य भएको छ । पालिका भित्रका जुनसुकै नागरिकको मृत्यु भएको खण्डमा निजका परिवारलाई किरीया खर्च बापत रु दसहजार सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।

बिगतका दिनहरुमा पनि चम्पादेबी गाउँपालिकाले नेपालका अरु गाउँपालिकाको भन्दा निकै पृथक नागरिकहित को कार्य गर्दै आइरहेको थियो भने यो एतिहासिक निर्णय बाट त झनै प्रसंशनिय कार्य गरेर अब्बल गाउँपालिकामा स्थापित भएको सो बैठकमा सामेल भएका एक वडा अध्यक्षले बताए । गाउँपालिकाको फाल्गुन २८ गते नौ बजे सम्पन्न बैठकले अन्य निर्णयहरु पनि धेरै महत्वपूर्ण निर्णय गरेर सर्वसहमत रुपमा पास गरिएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष नबराज केसीले प्रस्ताव गरेका माथि उल्लेखित तिनैवटा महत्वपूर्ण बुदा बाट सरकारले पनि अन्य स्थानिय निकायलाई पनि सकिाउनु पर्ने देखिन्छ । सरकारले हरेक स्थानिय निकायका प्रमुले के कस्ता काम गरिरहेको छ भनि नियाल्दै यस्ता उदाहरणीय काम गर्ने गाउँपालिका प्रमुखलाई हौसला प्रदान गर्नु पर्ने सो बैठकमा सामेल एक सदस्यले बताए ।

सरकारले साना साना कुरामा ध्यान पुर्याउन नसक्दा सम्बन्धित पेशाकर्मि तथा नागरिक मारमा पर्ने गरेका छन् । आज सम्म करारमा काम गरिरहेका कर्मचारीले पन्ध्र बर्षको लामे समय काममा नै खर्चेर जागिरबाट बिदा हुने क्रममा खाली हात जानुपर्ने अबस्थाको अब चम्पादेवीमा अन्त्य भएको छ । श्रमिकले घर फर्कदा आफ्नो मन खिन्न पार्दै फर्किनुको साटो एकलाख पुरस्कार स्वरुप प्राप्त गर्दा पनि निकै मन हलुका भएको करारमा कार्यरत एक कर्मचारीले बताए ।

आफुले कम्तिमा एकलाख रुपैया पाउँदा पनि निकै आत्मसम्मान महसूस भएको उनले सुनाए । साठि बर्षको उमेरसम्म पनि स्वयंसेवक भएर गाउँका बिभिन्न घरघरमा सेवा दिइरहेका स्यमसेवीकाहरुको कामको सम्मान गरेर उनीहरुलाई थप हौसला प्रदान गर्नका लागि गाउँपालिका प्रमुखले प्रस्ताब गरेको सो कुराको बैठकमा खुलेर प्रशंसा भएको बताइएको छ ।

उनको यो कदमले सबै स्यमसेवीकाहरु हर्ष विभोर भएको एक स्यमसेवीले बताइन् । गाउँका नागरिक को मृत्यु मा दसहजार किरीया खर्च ले निम्न आर्थिक स्थिति हुनेलाई राहत महशुस भएको एक स्थानिय बताउँछन् । पालिका अध्यक्षले गरेका यस्ता प्रशंसा योग्य कदमको जति प्रशंसा गरे पनि कम हुने उनले बताए । कार्यसमिति मा निर्णय भएकाकुराहरु गाउँसभाले अनुमोदन गर्नुपर्ने नियमानुसार फाल्गुन २८ गते ११ बजे चम्पादेबी गाउँपालिकाले प्रदेश संसद लगायतका बिभिन्न ब्यक्तित्वहरुको आतिथ्यतामा भब्य गाउँसभाको आयोजना गरि कार्यसमिति को निर्णयलाइ अनुमोदन गर्दै छ । उक्त गाउँपालिकाको अहिले गाउँसभाले चलि रहेको बताइएको छ ।