सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध आवश्यक थियो : देउवा

विराटनगर, फागुन २९ । नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले आतङ्ककारी गतिविधिमा संलग्न विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । उनले सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध आवश्यक रहेको औंल्याएका छन् ।

देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको जानकारी गराएका छन् । उनले अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको प्रष्ट पार्दै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने बताएका छन् । ‘विप्लवले आतंक फैलाउने काम गरेको जानकारी गराउँदै उनले भने, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो’ उनले ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नुपर्छ ।’

जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने आवस्यक छ । पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने बताएका छन् ।

उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको महशुस गर्नु राम्रो काम भएको बताएका छन् । वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको उनको धारणा छ । देउवाले नेपाल एयरलाइन्सले खरीद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको प्रष्ट पारेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । सरकारले पनि यस्ता काममा सरोकावाला निकायलाई सहयोग गर्नु पर्ने उनले बताएका छन् । उनले भ्रष्टाचार, चोरी, डकैति, हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराधमा संलग्नर्ला कार्वाहि गर्न कांग्रेसले सरकारलाई सधै साथ दिने बताएका छन् । अपराधि नियन्त्रणमा लिने वाहानामा निर्दोश व्यक्तिलाई अनावस्यक दुःख दिने काम भए कांग्रेसलाई मान्य नहुने उनको धारणा छ ।