अस्ट्रेलियामा नेपालीको बहुसांस्कृतीक मेला

नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना सिड्नीको ग्रानभिलमा भब्य रुपमा अस्ट्रेलियन बहुसांस्कृतिक मेला सम्पन्न भएको छ । शनिबार दिनभर चलेको यो बहुसांस्कृतिक कार्यक्रमका लागि स्थानिय कम्बरल्याण्ड काउन्सिलले आर्थिक तथा नैतिक सहयोग गरेको छ ।

कार्यक्रममा स्थानिय लेबर पार्टीकी राज्य सांसद जुलिया फीन, फेडरल सांसद जुलिय ओवन, स्थानिय कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कुमीन्स लगायत काउन्सिलरहरुको बाक्लो उपस्थीती रहेको थियो । निकै बाक्लो उपस्थीती रहेको कार्यक्रममा सहभािगहरुले अस्ट्रेलियाजस्तो बहुसांस्कृतीक समाजमा सबैले आआफ्नो कला ,साहित्य र संस्कृतीको जर्गेना गर्नु र एक अर्काप्रती सम्मान राख्नु यसको महत्वपुर्ण पक्ष रहेको बताए । लेबर पार्टीकी फेडरल सांसद जलिया आवेन, राज्य सांसद जुलि फीन ,कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कुमीन्स लगायत आधा दर्जन काउन्सिलरहरुले ब्रेकफास्टमा सेलरोटीको स्वाद लिए भने नेपाली कला संस्कृतीमा करिब तिन घन्टा रमाएका थिए । सीड्नीबासी नेपाली समुदायको लागि यो महत्वपुर्ण पक्ष बनेको थियो ।

कार्यक्रममा विशेषगरी नेपाली बहुभाषिक तथा बहुजातीय पहिरन, नाचगान तथा संगीतको प्रस्तुति रहेको थियो । जसमा जिना केसीको कुमारी नाच, अनिता नेपालको गणेश स्तुती, सन्जिव,रोमी र रोसिकाको देउडा नाच, मनोरमा चौधरीको टोलीले प्रस्तुत गरेको थारु नाचसँंगै अस्ट्रेलियाको परम्परागत गित तथा चिनिया नृत्य कार्यक्रमको आकर्षण बनेको थियो ।
पश्चिम सिड्नीको बाक्लो नेपाली बस्ती भएको ग्रानभील इलाकाको टाउनहलमा भब्य रुपमा सम्पन्न कार्यक्रममा सिड्नीका सबैखाले संघसंस्थाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रम संयोजक जानकी पौडेलले यहाँंका राजनितिज्ञ सहित काउन्सिलका मेयर र काउन्सिलरहरुको सहभागितामा मुलुकको कला,सािहत्य र संस्कृतीको पहिचान र प्रर्वधन गर्न पाउँनु महत्वपुर्ण बिषय भएको बताइन ।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीका अनुसार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रत्यक बर्ष कार्यक्रम गरिदै आएपनि यो वर्ष प्रतिष्ठानले बहुसांस्कृतिक कार्यक्रम आयोजना गरीएको हो । नेपाली समुदायको सहयोग र सदभावले कार्यक्रम सफल भएको भन्दै संस्थाकी अध्यक्ष केसीले सबैलाई धन्यबाद ज्ञापन गरेकि थिइन । कार्यक्रममा बिशेष अतिथी बनेका एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले बिदेशका बसेर पनि मुलुकको कला संस्कृतीको जर्गेना गर्नु महत्वपुर्ण बिषय भएकोले प्रतिष्ठान धन्यबादको पात्र रहेको जिकिर गरे ।

संयोजक अधिकारीले बहुसांस्कृतीक समाज अस्ट्रेलियाको सौन्दर्य रहेको चर्चा गर्दै भने, एकले अर्काको सम्मान गर्ने परम्परा र सदभाव बाड्ने संस्कृतीले नै अस्ट्रेलियाको महत्व बढाएको छ । कार्यक्रमका प्रमुख अतिथी महाबाणिज्यदुत दिपक खड्काले अस्ट्रेलियामा नेपाली समाजको बिस्तारहुँंदै जाँंदा हाम्रो परम्परा र कला संस्कृतीको पनि महत्व बढेको बताए ।कार्यक्रममा नेपाली समुदायका अगुवाहरु इन्द्रा वन ,शम्सेरसिंह थापा,गोवा कटुवाल,दिनेश जोशी,प्रेम सापकोटा, ध्रुब सुबेदी, दिनेश पोखरेल,नन्द गुरुङ,स्वतन्त्रप्रताप शाहलगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा प्रतिष्ठानकी महासचिब दिलु केसी र सचिब संगिता बस्नेत र कोषाध्यक्ष सिमा रोसीले अतिथीहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।