ललितपुर, चैत ३ । पूर्वअर्थ राज्यमन्त्री एवं नेपाली कांग्रेसका यूवानेता उदयशम्शेर राणाले दुई तिहाइको सरकारले जनमुखि कार्यक्रम गर्न नसक्दा जनतामा निराश बढ्दै गएको वताएका छन् । राणाले बहुमत प्राप्त गरे पछि बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्ने आशा पूरा गर्न नसकेको कारण जनतामा निरासा बढ्दै गएको प्ष्ट पारेका छन् ।
लतिलतपुरको वागमती गाउँपालिकास्थित भानु आधारभुत बिद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा मन्तब्य राख्दै राणाले ‘कम्युनिष्टहरुले चुनाबमा बिकासका उग्र नारा लगाए पनि उपलव्धि मुलक काम भने नगरेको बताएका छन् । उनले सरकारले अहिले आफ्नै घोषणा पत्रमा उल्लेख भएका बिकासका कामहरु आगाडि बढाउन नसकिरहेको प्रस्ट्याएका छन् । राणाले ओली सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन् ।
ललितपुर जिल्ला क्षेत्र नं.१ का पूर्वसभासद राणाले आफू अर्थराज्यमन्त्री भएको बेलामा कान्ति लोकपथ निर्माणको लागि अधिकतम् बजेट छुट्याएको वताएका छन् । अहिलेको सरकारले उक्त सडकलाई प्राथमिकता नदिएका कारण समयमा काम सम्पन्न हुन नसकेको उनले गुनासो गरेका छन् ।
उनले ललितपुरका जनतालाई केन्द्रिय सरकारले वेवास्ता मात्र नगरेर हरेक क्षेत्रको विकासमा वाधा पुर्याएको आरोप लगाएका छन् । राणले केन्द्रिय सरकार भए नभएको जनताले महसुस गर्न नपाएको समेत औंल्याएका छन् । पछिल्ला दिनहरुमा सरकारका गतिविधि अपारदर्शी रहेको बताउँदै उनले भने, सरकार सबै क्षेत्रमा निकम्बा सावित हुन मात्र बाँकी छ ।