असहमतिका कारण एकता प्रक्रियामा सुस्तता

काठमाडाँै, चैत ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा असहमति नजुटेका कारण एकता प्रक्रियाले सुस्तता गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने बताउँदै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पारे ।

एकता प्रक्रियालाई स्पष्टरूपमा अगाडि बढाउन नेकपाका सचिवालय सदस्य पोखरेलले जरुरी रहेको, कतिपय तल्ला तहबाट मिलेको र आउँदा एकता प्रक्रियामा अझ सहज हुने समेत जिकिर गरे । मन्त्री पोखरेलले तत्कालीन नेकपा (एमाले) जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढ्नेभन्दा अलमल भइरहेको छ, स्पष्ट विचार लिएर छिटो अघि बढ्न जरुरी रहेको जानकारी गराएका छन् ।

उनले अस्पष्ट विचार लिएर बस्दा गन्तव्यमा पुग्न नसकिने हुँदा पार्टीले स्पष्ट विचार लिएर पार्टीलाई साङ्गठनिकरूपमा अगाडि बढाउन जरुरी भएको बताए । सरकारकाले जनअपेक्षाअनुरूप काम गर्न खोजिरहेको र कानून बनाउन केन्द्रीत हुनुपर्ने र केही ढिलाइ भए पनि अब द्रुत गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।