गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा : डा.शेखर कोइराला

काठमाडौं, चैत्र ८ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडी फर्कन नसक्ने बताएका छन् । डा कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको जानकारी गराएका छन् ।

राजनिती र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने प्रष्ट पार्दै उनले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनुपर्नेमा जोड दिएका छन् । जिपी फाउण्डेशन काठमाडौले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले संबैधानिक राष्ट्रपतीको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले सबैलाई झस्काएको बताएका छन् ।

उनले नेपालको संविधानले राष्ट्रपतीलाई सेरेमोनियल भनेको प्रष्ट पार्दै अहिले राष्ट्रपतीलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित नगर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले मूलूक र प्रजातन्त्रका निम्ती कांग्रेस एक ढिक्कामा जोड दिएकी छिन् । सोहि कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिँने कूरा गर्दै नहिड्न आग्रह गरेका छन् ।