सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै छ : प्रकाशमान सिंह

काठमाडौं, चैत्र ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने जानकारी गराएका छन् । सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको समेत उनले गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंको चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ’केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै आएको छ, यसलाई ओलीजीले कसरी हेरी रहनु भएको छ त । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् त्यो कुराको हाम्रा प्रधानमन्त्रीलाई ज्ञान छ की छैन् ।

साथै उनले विकास निर्माणको काममा सरकारले बाधा र्पुयाउँदै आएको आरोप लगाएका छन् । उनले सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न सकिरहेको अवस्था छैन् । दुई तिहाई प्राप्त सरकारले के गरिरहेको छ भनी उनले प्रश्न समेत गरेका छन् । नेता सिंहले निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गए गुज्रेको अवस्थामा देश पुगेको र यसको सुधार कांग्रेसबाट मात्र सम्भब भएको बताएका छन् । उनले आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको प्रस्ट्याएका छन् ।

नेता सिंहले प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको आक्रोश पोखेका छन् । काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के कति समय भयो यसको लेखाजोखा प्रधानमन्त्रीज्युलाई छ भनी प्रश्न गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलोबाट काठमाडौंं वासीले कहिले मुक्ति पाउने भनी प्रश्न गरेका छन् । उनले भने, हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन । उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्ने औंल्याउँदै भनेका छन्, त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं ।’ सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं सघींय सांसद गगन कुमार थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरि अधिनायकवाद लादन्न उदत रहेको बताएका छन् । उनले सामाजिक संजाल नियन्त्रण का नाममा नागरिक को बोल्न पाउने अधिकार समेत खोस्न लागे को प्रति सचेत रहन आग्रह गरेका छन् ।

थापाले यतिबेला प्रधानमन्त्री ओलीले संसदीय मुल्य मान्तालाई तिरस्कार गर्दै योजनाबद्द रुपमा अगाडि बढेकाले संविधान नै संकटमा परेकाले आफुहर संविधान बचाउन र प्राप्त उपलब्धि को रक्षा गर्नै लागि परिरहेको बताएका छन् । कार्यक्रम नेपाली कांग्रेस काठमाडौ महानगर ७ नं. वडाले आयोजना गरेको थियो । सो कार्यक्रममा निर्वाचनको बेला सहयोग पुर्याएकाहरुलाइ सम्मान गरिएको थियो ।