आइतबारबाट प्रदेश ३ को हिउँदे अधिवेशन हुँदै

हेटौँडा, चैत ८ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् ।

प्रदेश प्रमुख सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको जानकारी गराएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको थियो ।